Skip to content

"तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"

«لَا يَقْبَلُ اللهُ صَلَاةَ أَحَدِكُمْ إِذَا أَحْدَثَ حَتَّى يَتَوَضَّأَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि नमाज सही हुने सर्तहरू मध्ये एक तहारत (शुद्धता,वुजू) हो । तसर्थ, जसको वुजू पिसाब, दिसा, निद्रा आदि कारणले भङ्ग भएको छ र नमाज पढ्न चाहन्छ भने उसले अनिवार्य रुपमा पुनः वुजू गर्नुपर्दछ ।

शब्दको अर्थ

لا يقبَل: لا يعتبر ولا يعتد.

हदीसका केही फाइदाहरू

अपवित्र भएको अवस्थामा नमाज स्वीकृत हुँदैन, (वीर्य स्खलन वा सम्भोगको कारणले हुने ) ठूलो अपवित्रतामा नुहाउनु पर्छ र (पिसाब, दिसा, निद्रा आदि कारणले हुने ) सानो अपवित्रतामा वुजू गर्नुपर्दछ।

वुजू मुखमा पानी हालेर मुख भित्र घुमाउने र बाहिर फाल्ने (कुल्ला गर्ने) , त्यसपछि नाक भित्र पानी तानेर बाहिर फाल्ने र नाक सफा गर्ने, त्यसपछि आफ्नो अनुहार तीन पटक धुने, त्यसपछि दुवै हात कुहुनो सहित तीन पटक धुने, त्यसपछि पूरै टाउको एक पटक मसह गर्ने (हत्केला भिजाएर पुछ्ने) र अन्तमा दुवै खुट्टा गोलीगाँठो सहित तीन पटक धुने कार्यलाई भनिन्छ ।

श्रोतहरू

सही बुखारी (9/ 23) (6954).

सही मुस्लिम (1/ 204) (225).

थप (4)

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص17).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (1/ 11).