सबै मादक पदार्थहरू निषेधित छन्।
अबु बुरदाद्वारा बयान गरिएको छ, जसले आफ्ना बुवा अबु मूसा अल-अश'री (रदियल्लाहु अन्हु) बाट वर्णन गर्नुभएको छ:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। अबु मूसा अल-अश'अरीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग यमनमा बनाइने केही पेय पदार्थबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: “ती पेय पदार्थ के हुन्?” उहाँले उत्तर दिनुभयो: “बित‘अ’ र मिज्र।” (अबु बुरदा (रज़ियल्लाहु अन्हु) लाई सोधियो: “बित‘अ’ के हो?” उनले भने: “महको मदिरा।” र “मिज्र” भनेको “जौको मदिरा” हो।) नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “सबै मादक पदार्थहरू निषेधित छन्।” (बुखारी) (इमाम मुस्लिमलो वर्णन गरेको हदीसको शब्द हो) अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) ले भन्नुभयो: “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई र मुआज़ (रज़िअल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। मैले भनेँ, ‘हे रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)! हाम्रो (यमनको) भूमिमा एक प्रकारको पेय बनाइन्छ जसलाई ‘मिज्र’ भनिन्छ, जुन जौबाट बनाइन्छ। अनि अर्को पेय बनाइन्छ, जसलाई ‘बित्अ’ भनिन्छ, जुन मह (मधु) बाट बनाइन्छ।’ रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो, सबै मादक पदार्थहरू निषेधित छन्।” मुस्लिमको आर्को हदीस अनुसार— "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो— कुनै पनि पदार्थ जसले प्रार्थना गर्नबाट रोक्छ वा बिर्साउँछ (जस्तै नशा ल्याउँछ), त्यो वर्जित छ।" मुस्लिमकै अर्को हदीसमा छ: "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई संक्षिप्त र व्यापक अर्थपूर्ण बोलीको विशेषता (जवामिअल-कलिम) प्रदान गरिएको थियो, उहाँले भन्नुभयो: ‘मैले नमाजबाट विचलित गर्ने हरेक नशालु पदार्थलाई निषेध गरेको छु।"
أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ بَعَثَهُ إِلَى اليَمَنِ، فَسَأَلَهُ عَنْ أَشْرِبَةٍ تُصْنَعُ بِهَا، فَقَالَ: وَمَا هِيَ؟، قَالَ: «البِتْعُ وَالمِزْرُ»، فَقِيلَ لِأَبِي بُرْدَةَ: مَا البِتْعُ؟ قَالَ: نَبِيذُ العَسَلِ، وَالمِزْرُ: نَبِيذُ الشَّعِيرِ، فَقَالَ: «كُلُّ مُسْكِرٍ حَرَامٌ» خرجه البخاري. وَخَرَّجَهُ مُسْلِمٌ وَلَفْظُهُ: قَالَ: بَعَثَنِي رَسُولُ اَلله أَنَا وَمُعَاذٌ إِلَى اَليَمَنِ، فَقُلْتُ: يَا رَسُولُ اَللَّهِ! إِنَّ شَرَابًا يُصْنَعُ بِأَرْضِنَا يُقَال لَهُ: المِزَرُ مِنَ الشَّعِيرِ، وَشَرَابٌ يُقَالُ لَهُ: البِتْعُ مِنَ العَسَلِ، فَقَالَ: «كُلُّ مُسْكِرٍ حَرَامٌ». وَفِي رِوَايَةٍ لِمُسْلِمٍ: «فَقَالَ: كُلُّ مَا أَسْكَرَ عَنِ الصَّلَاةِ فَهُوَ حَرَامٌ». وَفِي رِوَايَةٍ لَهُ: «وَكَانَ رَسُولُ الله قَدْ أُعْطِيَ جَوَامِعَ الكَلِمِ بِخَوَاتِمِهِ، فَقَالَ: أَنْهَى عَنْ كُلِّ مُسْكِرٍ أَسْكَرَ عَنْ الصَّلَاةِ».
अबु मूछ,अल-अशअरी (रजियल्लाहु अन्हु) ले बताउनुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई यमन पठाउनुभयो। उहाँले जाने क्रममा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग त्यहाँ बनाइने पेय पदार्थहरूको बारेमा सोध्नुभयो (कि ती निषिद्ध हुन् वा होइनन्)। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पेय पदार्थहरू के हुन् भनी सोध्नुभयो। अबु मूसाले भन्नुभयो: ती हुन्— 'बित्अ' (महबाट बन्ने 'नबीज') र 'मिज्र' (जौबाट बन्ने 'नबीज')। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम), जसलाई (जवामिअल-कलिम) संक्षिप्त र अर्थपूर्ण वचनको विशेषता प्रदान गरिएको थियो, ले भन्नुभयो: "सबै मादक पदार्थहरू निषेधित छन्।"
नबीज: यो त्यस्तो पेय हो, जसमा खजूर, मह, जौ वा यस्तै अन्य वस्तुहरू पानीमा मिसाइन्छ, जसका कारण त्यसमा मीठो स्वाद आउँछ। पछि त्यसमा खमीर उत्पन्न भएमा, उक्त पेय नशालु (मदिरा-स्वरूप) बन्न सक्छ।
यो हदीस सबै प्रकारका नशालु पदार्थहरू, जस्तै खमर (रक्सी), हशिश (गाँजा) र अन्य पदार्थहरूलाई निषेध (हराम) गर्ने आधारभूत सिद्धान्त हो।
यस हदीसमा मुस्लिमलाई आवश्यक पर्ने कुराहरूका बारेमा प्रश्न गर्नुको महत्त्व स्पष्ट पारिएको छ।
इस्लाममा रक्सी (खमर) चरणबद्ध रूपमा निषेध गरिएको थियो। पहिलो चरणमा नमाजको समयमा रक्सी सेवन गर्न निषेध गरियो, जब केही मुहाजिरहरू (आफ्नो बसोबास छोडेर मदिना आएकाहरू) ले रक्सी पिएर नमाज पढे र उनीहरू नशामा भएकाले कुरआनको आयतलाई मिश्रित गरेर वाचन गरे। तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: "हे आस्थावानहरू हो! जब तिमीहरू नशामा हुन्छौ, तब नमाजको निकट नजाऊ (अर्थात् नमाज नपढ), जबसम्म तिमीलाई थाहा हुँदैन कि तिमीहरूले के भनिरहेकाछौ (होशमा आएपछि)।" (सूरा अन-निसा:४३) त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) का घोषकले घोषणा गर्थे: "रक्सी पिएको मानिसलो नमाज नपढोस्।" त्यसपछि अल्लाहले रक्सीलाई पूर्ण रूपमा हराम (निषेध) गरिदिनुभयो र त्यस सम्बन्धमा यो आयत अवतरित भयो: "हे आस्थावानहरू हो! मदिरा, जुवा, थान, तीर (हानेर भाग्य पत्ता लगाउने कार्य) सबै घृणित शैतानी कार्यहरू हुन्। यिनीहरूबाट बचो, ताकि तिमीहरू सफल होऊ। शैतानले मद्यपान तथा जुवामा लगाएर तिमीहरूबीच शत्रुता एवं द्वेष उत्पन्न गर्न चाहन्छ र तिमीहरूलाई अल्लाहको स्मरण एवं नमाजबाट रोक्न चाहन्छ। के तिमीहरू यी कुराहरूबाट रोकिन्छौ त?" (सूरा अल-माइदा: ९०–९१) यसरी यो अन्तिम आयतसँगै रक्सी (खमर) लाई इस्लाममा पूर्ण र अन्तिम रूपमा निषेध गरिदियो।
अल्लाहले रक्सीलाई निषेध गर्नुभएको छ, किनभने यसबाट धेरै ठूलो हानि र विकृतिहरु उत्पन्न हुन्छन्।
निषेध गर्ने आधार पदार्थमा नशालु गुण (इस्कार) को उपस्थिति हो। यदि 'नबीज'मा नशालु गुण छ भने त्यो हराम (निषेध) हुन्छ र यदि त्यसमा नशालु गुण छैन भने त्यो मुबाह (अनुमतिप्राप्त) हुन्छ।
सही बुखारी (7/ 104) (5575).
सही मुस्लिम (3/ 1587) (2003).
थप (15)
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (8/ 519).
فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.
لابن عثيمين (5/ 418).
توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.
للبسام (6/ 307).
معالم السنن.
وهو شرح سنن أبي داود.
للخطابي (4/ 264).
الفتح الرباني لترتيب مسند الإمام أحمد بن حنبل الشيباني.
للساعاتي (16/ 116).
فيض القدير شرح الجامع الصغير.
للمناوي (5/ 30).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي القاري (6/ 2382).
Cited in books
4 Booksथप (4)
- شرح الأربعين النوويةأَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بَعَثَهُ إِلَى الْيَمَنِ، فَسَأَلَهُ عَنْ أَشْرِبَةٍ تُصْنَعُ بِهَا، فَقَالَ: وَمَا هِيَ، قَالَ: «الْبِتْعُ وَالْمِزْرُ»، فَقِيلَ لِأَبِي بُرْدَةَ: مَا الْبِتْعُ، قَالَ: نَبِيذُ الْعَسَلِ، وَ
- شرح الأربعين النوويةبَعَثَنِي رَسُولُ اَلله أَنَا وَمُعَاذٌ إِلَى الْيَمَنِ، فَقُلْتُ : يَا رَسُولُ اَللَّهِ! إِنَّ شَرَابًا يُصْنَعُ بِأَرْضِنَا يُقَال لَهُ: المِزَرُ مِنَ الشَّعِيرِ، وَشَرَابٌ يُقَالُ لَهُ: البِتعُ مِنَ العَسَلِ، فَقَالَ: «كُلُّ مُسْكِرٍ حَر
- شرح الأربعين النووية«فَقَالَ: كُلُّ مَا أَسْكَرَ عَنِ اَلصَّلَاةِ فَهُوَ حَرَامٌ».
- شرح الأربعين النووية«وَكَانَ رَسُولُ الله قَدْ أُعْطِيَ جَوَامِعَ الكَلِمِ بِخَوَاتِمِهِ، فَقَالَ: أَنْهَى عَنْ كُلِّ مُسْكِرٍ أَسْكَرَ عَنْ اَلصَّلَاةِ».