Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

95 of 683 cards

Clear filters

Narrator

Show all narrators (51)
"हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"
सही निसाई र अहमदले वर्णन गरेका छन्
मैले भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" उहाँले जवाफ दिनुभयो: "अल्लाहसँग सुरक्षा र कल्याण (आफियत) को याचना गर्नुहोस्।" त्यसपछि म केही दिन पर्खिए र पुनः उपस्थित भई भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" तब उहाँले भन्नुभयो: "हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।"
सही लेगैरेही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"मुस्लिमको 'इजार' (तल्लो वस्त्र) पिँडुलाको बीचभागसम्म हुनुपर्छ, र पिँडुलाको बीचदेखि गोलीगाँठो (कुर्कुच्चाको माथिल्लो भाग) सम्म हुनुमा कुनै हर्ज वा पाप छैन। तर गोलीगाँठोभन्दा तल झुन्डिने वस्त्रको भाग नर्कको आगोमा पर्नेछ। र जसले अहङ्कारवश आफ्नो 'इजार' (जमिनमा) घिसार्छ, अल्लाहले (कयामतको दिन) उसतर्फ (करुणाको दृष्टिले) हेर्नुहुने छैन।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत सिकाउनु भयो, जुन निम्नलिखित छ : इन्नल हमद लिल्लाहि, नस्तईनुहु व नस्ताग्फिरुहु, व नऊजूबिहि मिन शुरुरि अन्फुसिना, मै यह्दिल्लाहु फला मुजिल्ल लहु, व मै युज्लिल फ्ला हादिय लहु, व अश्ह्दु अल्ला इलाह इल्लल्लाहु, व अश्ह्दु अन्न मुहम्मदन अब्दुहू व रसुलुहु । अर्थात "वास्तवमा, सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, हामी उहाँको प्रशंसा गर्छौं, हामी उहाँको सहायता र क्षमा खोज्छौं, हामी आफ्नो खराबीहरूबाट उहाँमा शरण खोज्छौं । अल्लाहले जसलाई मार्गदर्शन गर्नुहुन्छ, उसलाई कसैले भ्रममा पार्न सक्दैनन् र उहाँले जसलाई पथभ्रष्ट गर्नुहुन्छ, उसलाई कसैले मार्गदर्शण गर्कन सक्दैनन् । म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र म गवाही दिन्छु मुहम्मद उहाँका सेवक र दूत हुनुहुन्छ । {हे मानवहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासँग डराऊ, जसले तिमीहरूलाई एक व्यक्तिबाट सृष्टि गर्नुभयो र त्यसबाट उनको जोडीलाई सृष्टि गर्नुभयो । तिनीहरूबाट धेरै पुरुष र स्त्रीहरू फैलाउनुभयो । त्यस अल्लाहसँग डराऊ, जसको नामले तिमीहरू एकार्कासँग सहयोग माग्दछौ । नातागोता तोड्ने काम नगर । निस्सन्देह अल्लाह तिमीहरूका निरीक्षक हुनुहुन्छ} [अन-निसा: १], {हे आस्थावानहरू! अल्लाहसँग जसरी डराउनुपर्छ, त्यसरी नै डराऊ र इस्लामकै अवस्थामा तिमीहरूको मृत्यु होस्} [आलि इमरान: १०२], {हे आस्थावानहरू हो, अल्लाहसँग डराउ र धार्मिकताका वचनहरू बोल । उहाँले तिमीहरूका कर्महरू सुधार्नुहुनेछ र तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ र जसले अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्छ उसले ठूलो सफलता हासिल गर्यो ।'' [अल-अहजाब: ७० -७१] ।
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
सही अहमदले वर्णन गरेका छन्