तिमीहरूमध्ये कसैले पनि आफ्नो भाइतर्फ हतियारले ताक्ने वा इसारा गर्ने काम नगरोस्; किनभने उसलाई थाहा हुँदैन, कतै सैतानले उसको हातबाट त्यो हतियार प्रहार गराइदिन सक्छ र ऊ नर्कको गहिरो खाडलमा खस्न सक्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूमध्ये कसैले पनि आफ्नो भाइतर्फ हतियारले ताक्ने वा इसारा गर्ने काम नगरोस्; किनभने उसलाई थाहा हुँदैन, कतै सैतानले उसको हातबाट त्यो हतियार प्रहार गराइदिन सक्छ र ऊ नर्कको गहिरो खाडलमा खस्न सक्छ।"
«لاَ يُشِيرُ أَحَدُكُمْ عَلَى أَخِيهِ بِالسِّلاَحِ، فَإِنَّهُ لاَ يَدْرِي، لَعَلَّ الشَّيْطَانَ يَنْزِعُ فِي يَدِهِ، فَيَقَعُ فِي حُفْرَةٍ مِنَ النَّارِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमलाई आफ्नो अर्को मुस्लिम भाइतर्फ कुनै पनि प्रकारको हतियार तेर्स्याउन वा ताक्न कडा चेतावनी दिनुभएको छ। किनभने उसले थाहै नपाई सैतानले उसको हातबाट त्यो हतियार चलाउन उक्साउन सक्छ, जसको दुष्परिणामस्वरूप उसैबाट आफ्नै भाइको हत्या हुन सक्छ वा उसलाई चोट लाग्न सक्छ, र ऊ यस्तो पापमा फस्न सक्छ जसले उसलाई नरकको खाडलमा पुर्याउँछ।
यसमा मुस्लिमको रगत (ज्यान) हराम (अवैध) हुनुको स्पष्टीकरण छ।
मुस्लिमको आदर-सम्मान गर्नु अनिवार्य छ र कर्म वा बोलीद्वारा उसलाई हानि पुऱ्याउनबाट सावधान रहनुपर्छ। यसै अन्तर्गत फलाम वा हतियार आदि देखाएर इसारा नगर्नु पनि पर्दछ, चाहे त्यो ठट्टाको रूपमा नै किन नहोस्; किनभने शैतानले उसको हातलाई उक्साउन सक्छ र आफ्नो भाइलाई प्रहार गर्ने कार्यलाई सुन्दर देखाएर प्रभावित पार्न सक्छ, अथवा उसको हातबाट हतियार फुत्किन सक्छ र उसको नियन्त्रणबिना नै खसेर उसको भाइलाई हानि हुन सक्छ।
यसबाट निषेधित कार्यतर्फ लैजाने साधनहरूलाई अवरुद्ध गर्नका लागि प्रतिबन्ध लगाउने नियम स्पष्ट हुन्छ।
समाजको सुरक्षा र मानिसहरूबीचको सम्बन्धको संरक्षण गर्न तत्पर हुनुपर्छ, र उनीहरूलाई भयभीत तथा त्रसित गर्नु हुँदैन चाहे त्यो इसारा वा धम्कीले किन नहोस्।
सही बुखारी (9/ 49) (7072).
सही मुस्लिम (4/ 2020) (2617).
थप (1)
عمدة القاري شرح صحيح البخاري (24/ 187).