उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । आरामै हुनुहुन्छ भनेर सोध्दा उनले आफू बर्बाद भएको जवाफ दिए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को थियो, त्यसैले उनका सबै राम्रो कर्महरू नष्ट भए र नर्कमा हुनेछु भनेर दुख पोखे । त्यो सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनले त यस्ता कुरा गरेको बताए । त्यसपछि उनी अर्को पटक शुभ समाचार लिएर उनीकहाँ गए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ افْتَقَدَ ثَابِتَ بْنَ قَيْسٍ، فَقَالَ رَجُلٌ: يَا رَسُولَ اللهِ، أَنَا أَعْلَمُ لَكَ عِلْمَهُ، فَأَتَاهُ فَوَجَدَهُ جَالِسًا فِي بَيْتِهِ، مُنَكِّسًا رَأْسَهُ، فَقَالَ: مَا شَأْنُكَ؟ فَقَالَ شَرٌّ، كَانَ يَرْفَعُ صَوْتَهُ فَوْقَ صَوْتِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَدْ حَبِطَ عَمَلُهُ، وَهُوَ مِنْ أَهْلِ النَّارِ، فَأَتَى الرَّجُلُ فَأَخْبَرَهُ أَنَّهُ قَالَ كَذَا وَكَذَا، فَرَجَعَ الْمَرَّةَ الْآخِرَةَ بِبِشَارَةٍ عَظِيمَةٍ، فَقَالَ: «اذْهَبْ إِلَيْهِ فَقُلْ لَهُ: إِنَّكَ لَسْتَ مِنْ أَهْلِ النَّارِ، وَلَكِنْ مِنْ أَهْلِ الْجَنَّةِ».
एक पटक रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । तपाईंलाई के भएको छ ? उनले आफूले भोगिरहेको पीडाको बारेमा बताए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को हुन्थ्यो र अल्लाहले यस्ता मान्छेको कर्म नष्ट हुनेछ र ऊ नरकमा जान्छ भनेर चेतावनी दिनुभएको छ । त्यो व्यक्ति त्यहाँबाट फर्के र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसको बारेमा जानकारी दिए । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी नर्कमा जाने व्यक्ति होइनन् तर स्वर्गको हकदार हुनुहुन्छ भनेर शुभ समाचार सुनाउन उनलाई फेरी साबित् को घर पठाउनु भयो । किनभने उनको स्वर स्वाभाविक रूपमा चर्को थियो र उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र अन्सारको खतीब (वक्ता) थिए ।
...:
साबित् बिन कैसको सद्गुण र उनी स्वर्गका हकदार हुन् भन्ने कुराको प्रमाण ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूको हेरचाह र जानकारी लिनुहुन्थ्यो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू आफ्ना कर्महरू नष्ट हुनबाट धेरै डराउने गर्थे ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनकालमा उहाँसँग कुरा गर्दा विनम्र हुनु अनिवार्य थियो र उहाँको देहावसान पछि उहाँको हदीस सुन्दा आवाज न्यून राख्नुपर्छ ।
सही बुखारी (4/ 201) (3613).
सही मुस्लिम (1/ 110) (119).
थप (3)
فتح الباري لابن حجر (6/ 620).
عمدة القاري شرح صحيح البخاري (16/ 146).
النهاية في غريب الحديث والأثر (ص 183).