कुनै मुस्लिमको सम्पत्ति हडप्ने नियतले जसले झूटो कसम खान्छ, ऊ अल्लाहसामु यस अवस्थामा उपस्थित हुनेछ कि अल्लाह ऊसँग क्रोधित हुनुहुनेछ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले कुनै मुस्लिम व्यक्तिको सम्पत्ति हडप्ने नियतले झूटो कसम खान्छ, ऊ अल्लाहसामु यस अवस्थामा उपस्थित हुनेछ कि अल्लाह ऊमाथि अत्यन्तै क्रोधित हुनुहुनेछ।" वर्णनकर्ताले भन्नुहुन्छ, सहाबी अश्अस (रजिअल्लाहु अन्हु) ले भन्नुभयो: "अल्लाहको कसम! यो हदीस मेरै विषयमा उल्लेख भएको थियो। मेरो र एक जना यहूदी व्यक्तिको बीचमा एउटा जग्गा साझा थियो। पछि उसले मेरो हिस्सा दिन अस्वीकार गर्यो। त्यसपछि मैले यो विवाद नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष प्रस्तुत गरेँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई सोध्नुभयो: 'के तिमीसँग आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण छ?' मैले उत्तर दिएँ: 'छैन।' त्यसपछि उहाँले त्यस यहूदीलाई भन्नुभयो: 'कसम खाऊ।' मैले निवेदन गरेँ: 'हे अल्लाहका रसूल! त्यसो भए त उसले कसम खाएर मेरो सम्पत्ति हडपेर लैजानेछ।' त्यसै सन्दर्भमा अल्लाहले यो आयत अवतरित गर्नुभयो: {निःसन्देह, जसले अल्लाहसँग गरेको वाचा र आफ्ना कसमहरूलाई तुच्छ मूल्यमा बेच्दछन्...}— आयतको अन्त्यसम्म।"
«مَنْ حَلَفَ عَلَى يَمِينٍ وَهُوَ فِيهَا فَاجِرٌ لِيَقْتَطِعَ بِهَا مَالَ امْرِئٍ مُسْلِمٍ، لَقِيَ اللَّهَ وَهُوَ عَلَيْهِ غَضْبَانُ». قَالَ: فَقَالَ الْأَشْعَثُ: فِيَّ وَاللَّهِ كَانَ ذَلِكَ؛ كَانَ بَيْنِي وَبَيْنَ رَجُلٍ مِنَ الْيَهُودِ أَرْضٌ، فَجَحَدَنِي، فَقَدَّمْتُهُ إِلَى النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ فَقَالَ لِي رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ: «أَلَكَ بَيِّنَةٌ؟» قُلْتُ: لَا. قَالَ: فَقَالَ لِلْيَهُودِيِّ: «احْلِفْ». قَالَ: قُلْتُ: يَا رَسُولَ اللَّهِ، إِذَنْ يَحْلِفَ وَيَذْهَبَ بِمَالِي. فَأَنْزَلَ اللَّهُ تَعَالَى: {إِنَّ الَّذِينَ يَشْتَرُونَ بِعَهْدِ اللَّهِ وَأَيْمَانِهِمْ ثَمَنًا قَلِيلًا}. إِلَى آخِرِ الْآيَةِ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको नाममा जानीजानी झुटो कसम खाएर अरू कसैको सम्पत्ति वा धन हडप्ने कार्यप्रति कडा चेतावनी दिनुभएको छ; किनकि त्यसो गर्ने व्यक्तिले अल्लाहलाई यस्तो अवस्थामा भेट्नेछ कि अल्लाह ऊमाथि अत्यन्त क्रोधित हुनुहुनेछ। यसै सन्दर्भमा अशअस बिन कैस (रजिअल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कुरा त्यसबेला भन्नुभएको थियो, जब उहाँ र एक यहुदी व्यक्तिबीच जग्गाको स्वामित्वलाई लिएर विवाद भएको थियो, र उनीहरू न्यायका लागि नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु उपस्थित भए, तब उहाँले अशअसलाई भन्नुभयो: आफ्नो दाबी पुष्टि गर्न तिमीले ठोस प्रमाण पेस गर्नुपर्छ; यदि तिमी प्रमाण दिन असमर्थ भयौ भने, फैसलाका लागि तिम्रो प्रतिवादी (विपक्षी) को शपथ बाहेक अरू केही हुनेछैन।यो सुनेर अशअसले भन्नुभयो: हे अल्लाहका रसूल! यदि त्यसो हो भने त यहूदीले बिना कुनै संकोच झूटो कसम खाएर मेरो सम्पत्ति हडपेर लैजानेछ। त्यसै क्रममा अल्लाहले यस कुराको पुष्टि गर्दै पवित्र कुरआनमा यो आयत अवतरण गर्नुभयो, जसमा महान् अल्लाहले भन्नुभएको छ: {निःसन्देह जुन मानिसहरूले बेच्दछन्} र साट्छन् {अल्लाहसँग गरेको वाचा} र अमानत (धरोहर) पूरा गर्नका लागि मोमिनहरूलाई दिइएको उहाँको आज्ञालाई, {तथा आफ्ना कसमहरूलाई} उहाँको नाममा खाएका झुटा कसमहरूद्वारा यस संसारको क्षणभङ्गुर धन र {तुच्छ मूल्यको बदलामा}; {उनीहरूका लागि परलोकमा कुनै अंश रहनेछैन} र कुनै हिस्सा पनि हुनेछैन। {र अल्लाहले उनीहरूसँग कुरा गर्नुहुनेछैन}, यस्तो कुरा जसले उनीहरूलाई खुसी वा लाभ पुर्याओस्, बरु उनीहरूमाथि क्रोधित हुनुहुनेछ; {र प्रलयको दिन उनीहरूतर्फ हेर्नुहुनेछैन} दया र अनुग्रहको दृष्टिले; {र उनीहरूलाई शुद्ध पार्नुहुनेछैन} उत्तम प्रशंसाद्वारा, न त उनीहरूलाई क्षमा गरेर पाप तथा अशुद्धताहरूबाट पवित्र पार्नुहुनेछ; {र उनीहरूका लागि कष्टदायक सजाय हुनेछ}, उनीहरूले गरेका दुष्कर्महरूका कारण अत्यन्त पीडादायी यातना हुनेछ।
अरूको धनसम्पत्ति अन्यायपूर्वक हडप्नु वा त्यसलाई जायज ठान्नु सर्वथा निषेध छ।
यसले मुस्लिमहरूका हक-अधिकारको गम्भीरतालाई स्पष्ट गर्दछ, चाहे त्यो अधिकार सानो होस् वा ठूलो।
दाबी गर्ने (वादी) माथि प्रमाण जुटाउने दायित्व हुन्छ, र आरोप अस्वीकार गर्ने (प्रतिवादी) ले कसम खानुपर्छ।
अधिकार वा दाबी दुई साक्षीहरूद्वारा सिद्ध हुन्छ; यदि दाबीकर्ता (वादी) सँग कुनै प्रमाण छैन भने, प्रतिवादीले कसम खानुपर्छ।
यमीनुल-गमूस (झूटो कसम) खानु निषेधित छ। यो त्यस्तो झूटो कसम हो, जसद्वारा कसम खाने व्यक्तिले अरूको अधिकार हडप गर्छ। यो महापाप (कबाइर) मध्ये एक हो र यसले मानिसलाई अल्लाहको क्रोध तथा कठोर सजायको भागीदार बनाउँछ।
विवादरत पक्षहरूलाई शासक वा न्यायाधीशदले धार्मिक उपदेश दिनुपर्छ, विशेषगरी कसम खानुअघि।
सही बुखारी (3/ 121) (2416).
सही मुस्लिम (1/ 123) (138).
थप (5)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 136).
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص687).
فتاوى اللجنة الدائمة - اللجنة الدائمة للبحوث العلمية والإفتاء (23/ 513).