तिमीले आफू र आफ्ना छोराछोरीको आवश्यकताअनुसार पुग्ने जति धन उहाँको सम्पत्तिबाट उचित ढङ्गले लिन सक्छ्यौ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
"अबू सुफ्यानकी पत्नी हिन्द बिन्त उत्बा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित भइन् र भनिन्: 'हे अल्लाहका रसूल! अबू सुफ्यान एक अत्यन्त कञ्जुस व्यक्ति हुन्। उनले मलाई र मेरा छोराछोरीलाई पर्याप्त हुने गरी खर्च दिँदैनन्; केवल त्यति मात्र पुग्छ, जति म उनको जानकारीबिना उनको सम्पत्तिबाट लिन्छु। के त्यसो गर्दा मलाई कुनै पाप लाग्छ?' तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीले आफ्नो र आफ्ना सन्तानको आवश्यकता पूरा हुने गरी, प्रचलित रूपमा उचित मात्रामा उहाँको सम्पत्तिबाट लिन सक्छौ।'"
دَخَلَتْ هِنْدٌ بِنْتُ عُتْبَةَ امْرَأَةُ أَبِي سُفْيَانَ عَلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَتْ: يَا رَسُولَ اللهِ، إِنَّ أَبَا سُفْيَانَ رَجُلٌ شَحِيحٌ، لَا يُعْطِينِي مِنَ النَّفَقَةِ مَا يَكْفِينِي وَيَكْفِي بَنِيَّ إِلَّا مَا أَخَذْتُ مِنْ مَالِهِ بِغَيْرِ عِلْمِهِ، فَهَلْ عَلَيَّ فِي ذَلِكَ مِنْ جُنَاحٍ؟ فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «خُذِي مِنْ مَالِهِ بِالْمَعْرُوفِ مَا يَكْفِيكِ وَيَكْفِي بَنِيكِ».
हिन्द बिन्त उत्बा (रदियल्लाहु अन्हा) ले आफ्ना पति अबु सुफ्यान (रदियल्लाहु अन्हु) का विषयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग धार्मिक सल्लाह (फतवा) माग्नुभयो कि उहाँको श्रीमान् एक कञ्जुस तथा धनप्रति निकै लोभी व्यक्ति हुनुहुन्छ, जसले उहाँ र छोराछोरीका लागि पुग्ने गरी खर्च दिनुहुन्न; केवल उहाँको जानकारी बिना गोप्य रूपमा उहाँको धनबाट लिएमा मात्र पुग्छ; त्यसैले, के यसो गर्दा उहाँलाई कुनै पाप लाग्छ? तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "श्रीमानलाई थाहा नभए पनि,तिमीले आफ्नो र आफ्ना छोराछोरीको आवश्यकता पूरा गर्नका लागि, उहाँको धनबाट चलन अनुसार न्यायोचित मात्रामा लिन सक्छ्यौ।"
श्रीमती तथा सन्तानको लागि खर्च गर्नु अनिवार्य छ।
इब्न हजरले भन्नुभएको छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—‘सामान्य रूपमा तिमीलाई पर्याप्त हुने मात्रामा श्रीमानको सम्पत्तिबाट लेऊ’—को अर्थ यो हो कि जुन विषयमा शरियातले कुनै निश्चित सीमा निर्धारण गरेको छैन, त्यस्ता विषयमा सामाजिक प्रचलन र परम्परालाई आधार मान्न उहाँले निर्देशन दिनुभएको हो।"
इब्न हजरले भन्नुभएको छः "यस हदीसबाट प्रमाणित हुन्छ कि कुनै व्यक्तिको अनुपस्थितिमा उसलाई अप्रिय लाग्ने दोष वा अवगुण उल्लेख गर्नु जायज (वैध) हुन्छ, यदि त्यसको उद्देश्य धार्मिक फतवा वा मार्गदर्शन प्राप्त गर्नु, न्यायका लागि उजुरी गर्नु वा यस्तै अन्य कुनै वैध उद्देश्य पूरा गर्नु हो भने। यस्तो अवस्था ती विशेष परिस्थितिहरूमध्ये एक हो, जसमा शरीअतले ‘गीबत’ अर्थात् कसैको अनुपस्थितिमा उसलाई मन नपर्ने कुरा उल्लेख गर्ने अनुमति दिएको छ।"
इमाम अल-कुर्तुबीले भन्नुभएको छ: "हिन्दले अबु सुफियानलाई सबै परिस्थितिमा कञ्जुस भनी चित्रण गर्न खोजेकी थिइनन्; बरु उनले केवल आफ्नो र आफ्ना छोराछोरीप्रति उनको व्यवहारको वर्णन गरेकी थिइन् कि उनी उनीहरूको खर्चमा कञ्जुस्याइँ गर्दथे। यसको अर्थ अबु सुफियान पूर्ण रूपमा नै कञ्जुस थिए भन्ने हुँदैन; किनभने धेरैजसो अगुवाहरूले आफ्ना परिवारप्रति यस्तै (कम खर्च गर्ने) व्यवहार गर्छन् र अरू (बाहिरी) मानिसहरूसँग आत्मीयता एवं सुसम्बन्ध बढाउन उनीहरूलाई प्राथमिकता दिन्छन्।"
सही बुखारी (3/ 79) (2211).
सही मुस्लिम (3/ 1338) (1714).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص700).
الإعلام بفوائد عمدة الأحكام.
لابن الملقن (10/ 12).