Skip to content

"आस्थावानलाई पुनरुत्थानको दिन उसको पालनकर्ताको नजिक ल्याइनेछ, यहाँसम्म उहाँले आफ्नो रक्षा छत्र उसमाथि राख्नुहुन्छ र उसलाई उसका पापहरूको बारेमा स्मरण गराइन्छ

सफवान बिन मुहरिजबाट वर्णन गरिएको छ कि एक जना मानिसले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई सोधे, तपाईंले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई फुसफुसाउने (नज्वा) को बारेमा के भन्नु भएको सुन्नुभयो? उनले जवाफ दिए: मैले उहाँलाई यसो भन्दै सुनेको छु:

"आस्थावानलाई पुनरुत्थानको दिन उसको पालनकर्ताको नजिक ल्याइनेछ, यहाँसम्म उहाँले आफ्नो रक्षा छत्र उसमाथि राख्नुहुन्छ र उसलाई उसका पापहरूको बारेमा स्मरण गराइन्छ, के तिमीलाई यो पाप थाहा छ? उसले भन्नेछ: हे मेरो पालनकर्ता! मलाई थाहा छ। अल्लाहले उसलाई भन्नेछन्: "मैले तिम्रो यो पाप संसारमा लुकाएँ र आज म तिम्रो लागि यो क्षमा गर्दछु। त्यसपछि उसलाई उसको राम्रो कामको रेकर्ड दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सबै प्राणीहरूको अगाडि बोलाइन्छ र सार्वजनिक रूपमा घोषणा गरिनेछ कि तिनीहरूले अल्लाह विरुद्ध झूट बोलेका हुन्।"

«يُدْنَى الْمُؤْمِنُ يَوْمَ الْقِيَامَةِ مِنْ رَبِّهِ عَزَّ وَجَلَّ، حَتَّى يَضَعَ عَلَيْهِ كَنَفَهُ، فَيُقَرِّرُهُ بِذُنُوبِهِ، فَيَقُولُ: هَلْ تَعْرِفُ؟ فَيَقُولُ: أَيْ رَبِّ أَعْرِفُ، قَالَ: فَإِنِّي قَدْ سَتَرْتُهَا عَلَيْكَ فِي الدُّنْيَا، وَإِنِّي أَغْفِرُهَا لَكَ الْيَوْمَ، فَيُعْطَى صَحِيفَةَ حَسَنَاتِهِ، وَأَمَّا الْكُفَّارُ وَالْمُنَافِقُونَ، فَيُنَادَى بِهِمْ عَلَى رؤُوسِ الْخَلَائِقِ هَؤُلَاءِ الَّذِينَ كَذَبُوا عَلَى اللهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रलयको दिन अल्लाहले आफ्नो मूमिन बन्दासँग गर्ने गोप्य संवादको बारेमा जानकारी दिनुभएको छ। न्यायको दिनमा, आस्थावानलाई उसको पालनकर्ताको नजिक ल्याइनेछ, र अल्लाहले उसलाई यसरी ढाक्नेछन् कि न्यायको दिनमा उपस्थित अरूले उसको रहस्य जान्न सक्ने छैनन्। त्यसपछि अल्लाहले उसलाई भन्नेछन्: के तिमीलाई यो यो पापको बारेमा थाहा छ...? उहाँले ती पापहरूको स्मरण गराउनुहुन्छ, जो केवल भक्त र उसको पालनहारको बीचमा थिए। ऊ भन्छ: 'हो, हे मेरो पालनहार (रब)। जब सेवक डराउँछ, अल्लाहले उसलाई भन्नेछन्: मैले यस संसारमा तिम्रो यी पापहरू लुकाएको थिएँ र आज म तिमीलाई क्षमा गर्दछु। त्यसपछि, उसलाई उसको कर्मको पुस्तक दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सार्वजनिक रूपमा घोषणा गरिनेछ: यी ती मानिसहरू हुन् जसले आफ्नो पालनकर्तामाथि झूटा कुराहरू रचेका थिए। सुन, अत्याचारीहरूमाथि अल्लाहको अभिशाप श्राप होस् ।

हदीसका केही फाइदाहरू

आस्थावानहरूमाथिको यो अल्लाहको अनुग्रह हो कि तिनीहरूको पाप यस संसार र परलोकमा ढाकिएको छ।

मूमिनको गोपनीयतालाई सकेसम्म लुकाउन प्रोत्साहन।

सेवकहरूका सबै कर्महरू पालनकर्ताद्वारा गणना गरिन्छ। त्यसैले जसले कुनै पनि असल कुरा प्राप्त गर्छ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले त्यो बाहेक अरू केही प्राप्त गर्छ, उसले केवल आफूलाई दोष देओस् र ऊ अल्लाहको इच्छाको अधीनमा छ।

इमाम इब्न हजरले भन्नुभयो: हदीसहरूको समग्र सन्दर्भले देखाउँछ, क़ियामतको दिन अवज्ञाकारी मोमिनहरु दुई प्रकारका हुनेछन्: पहिलो: जसको पाप उसको र उसको पालनहार (रब) बीचमा मात्र हुन्छ, इब्न उमरको हदीसले यो खण्डलाई दुई भागमा विभाजित गरेको देखाउँछ: पहिलो: जसको पाप संसारमा लुकेको हुन्छ। यस्तो व्यक्तिको पापलाई अल्लाहले क़ियामतको दिन लुकाउनुहुन्छ भनेर स्पष्ट छ। दोस्रो: उसको पाप खुल्ला रूपमा हुन्छ, त्यो यसको विपरीत हुनेछ। दोस्रो वर्ग: जसको पाप ऊ र मानिसहरूबीच हुन्छ, तिनीहरू पनि दुई भागमा विभाजित हुन्छन्। पहिलो वर्ग: जसको नराम्रा कामहरू तिनका राम्रा कामहरूभन्दा भारी हुन्छन्। यस्ता मानिसहरू नरकमा जान्छन् र त्यसपछि सिफारिस (शफाअत) मार्फत बाहिर निस्कन्छन्। दोस्रो वर्ग: जसका नराम्रा र राम्रा कार्हयरू समान हुन्छन्। यस्ता मानिसहरूले जन्नतमा प्रवेश गर्नु अघि उनीहरू बीच प्रतिफल (कसास) हुनेछ।

श्रोतहरू

सही बुखारी (6/ 74) (4685).

सही मुस्लिम (4/ 2120) (2768).

थप (10)

شرح رياض الصالحين.

لابن عثيمين (3/ 323).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (7/ 12).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 501).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 390).

جامع العلوم والحكم في شرح خمسين حديثا من جوامع الكلم.

لابن رجب الحنبلي (1/ 452).