Skip to content

"ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।

«الْكَبَائِرُ: الْإِشْرَاكُ بِاللهِ، وَعُقُوقُ الْوَالِدَيْنِ، وَقَتْلُ النَّفْسِ، وَالْيَمِينُ الْغَمُوسُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ठूला पापहरू बयान गर्दै हुनुहुन्छ । जुन पापले गर्दा अपराधीलाई यस संसार वा परलोकको सजायको कडा चेतावनी दिइएको छ, त्यसलाई कबाइर (ठूला पापहरू) भनिन्छ । पहिलो ठूलो पाप : अल्लाहसँग शिर्क गर्नु, अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । उहाँको उपासना, नाम र गुणहरूमा बराबरी र प्रतिद्वन्द्वी ठहर गर्नु शिर्क हो । दोस्रो ठूलो पाप : आमाबाबुको अवज्ञा गर्नु, बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । तेस्रो ठूलो पाप : हत्या गर्नु हो, जस्तै कसैलाई अनाहक यातना दिएर मार्नु । चौथो ठूलो पाप : जानीजानी झुटो कसम खानु हो । यसलाई अरबीमा "यमीने गुमूस" भनिन्छ किनभने यसले मान्छेलाई पाप वा नरकमा डुबाउँछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

झूटो कसम खानु एकदमै खतरनाक र ठूलो अपराध हो । यसको क्षमाको लागि तौबा (पश्चात्ताप) बिना अरु कुनै प्रायश्चित छैन ।

यस हदीसमा यी चार ठूला पापहरूको गम्भीरतालाई ध्यानमा राखेर उल्लेख गरिएको छ । ठूला पापहरूलाई यी चारमा सीमित गर्नु हुँदैन ।

पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पापले प्रत्येक त्यो पापलाई बुझाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा रूपमा हराम छन् । जबकि साना पापहरूले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।

श्रोतहरू

सही बुखारी (8/ 137) (6675).

थप (7)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 408).

رياض الصالحين للنووي (ص125) (337).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (5/ 610).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص964).