“तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
अब्दुर्रहमान इब्न अबी लैला (रहिमहुल्लाह) बाट रिवायत छ कि उनीहरू हुजैफा (रज़ियल्लाहु अनहु) को संगतमा थिए। उहाँ (हुजैफा) ले पिउनका लागि पानी माग्नुभयो, तब एक जना मजूसी (अग्निपूजक) ले उहाँलाई (चाँदीको कचौरामा) पानी दियो। जब हुजैफाले गिलास आफ्नो हातमा लिनुभयो, उहाँले त्यो गिलास फ्याँकिदिनुभयो र भन्नुभयो: "यदि मैले उसलाई एक वा दुई पटकभन्दा बढी नरोकेको भए (म यस्तो गर्ने थिइनँ), तर मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनेको छु, उहाँले भन्नुहुन्छ:
“तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
«لاَ تَلْبَسُوا الحَرِيرَ وَلاَ الدِّيبَاجَ، وَلاَ تَشْرَبُوا فِي آنِيَةِ الذَّهَبِ وَالفِضَّةِ، وَلاَ تَأْكُلُوا فِي صِحَافِهَا، فَإِنَّهَا لَهُمْ فِي الدُّنْيَا وَلَنَا فِي الآخِرَةِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरुको लागि सबै प्रकारको रेशमको लुगा लगाउन निषेध गर्नुभएको छ । त्यसैगरी, उहाँले महिला तथा पुरुष दुवैका लागि सुन र चाँदीका भाँडामा खानपान गर्न निषेध गर्नुभएको छ। साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ती सबै वस्तुहरु परलोकमा केवल मोमिनहरूका लागि विशेष गरिएको छ भनेर सूचित गर्नुभएको छ; किनभने तिनीहरूले अल्लाहको आदेशको पालना गर्दै यस संसारमा त्यसबाट टाढिएका थिए । जहाँसम्म काफिरहरूको कुरा छ, तिनीहरूका लागि परलोकमा कुनै आनन्द सुख हुने छैन, किनकि तिनीहरूले सांसारिक जीवनमा आसक्त भएर र अल्लाहको आदेशको उल्लङ्घन गरेर आफ्ना सम्पूर्ण सुख-सुविधा र आनन्द यसै संसारमा भोगिसकेका हुन्छन्।
रेशम र दिबाज (बाक्लो रेशम) को लुगा पुरुषहरूको लागि निषेधित छ र लगाउनेहरूलाई कडा यातनाको चेतावनी दिइएको छ ।
रेशम र दिबाज (बाक्लो रेशम) को लुगा लाउनु महिलाहरु को लागी वैध छ।
सुन र चाँदीको थाल र भाँडाहरूमा खान र पिउन महिला र पुरुष दुवैका लागि निषेध गरिएको छ ।
हुजैफा (रजियल्लाहु अन्हु) ले उसलाई सुन र चाँदीका भाँडाहरू प्रयोग नगर्न बारम्बार मनाही गरे पनि उसले आफ्नो व्यवहार परिवर्तन नगरेकोले उनले कठोर प्रतिक्रिया देखाए ।
सही बुखारी (7/ 77) (5426).
सही मुस्लिम (3/ 1638) (2067).
थप (2)
تيسير العلام شرح عمدة الأحكام.
عبد الله البسام (ص729).
Cited in books
2 Booksथप (2)
- اللآلئ المضيئةعَنْ عَبْدِ الرَّحْمَنِ بْنِ أَبِي لَيْلَى: أَنَّهُمْ كَانُوا عِنْدَ حُذَيْفَةَ، فَاسْتَسْقَى فَسَقَاهُ مَجُوسِيٌّ، فَلَمَّا وَضَعَ القَدَحَ فِي يَدِهِ رَمَاهُ بِهِ، وَقَالَ: لَوْلاَ أَنِّي نَهَيْتُهُ غَيْرَ مَرَّةٍ وَلاَ مَرَّتَيْنِ، كَأَن
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 8«لا تَلْبِسُوا الحَرِيرَ وَلا الدِّيبَاجَ، وَلاَ تَشْرَبُوا في آنِيَةِ الذَّهَبِ وَالْفِضَّةِ، وَلا تَأْكُلُوا في صِحَافِهَا».