एक चौथाइ दिनार वा सोभन्दा बढीको चोरीमा हात काट्ने दण्ड लागू हुन्छ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"एक चौथाई दिनार वा सोभन्दा बढी मूल्यको चोरी गरेमा हात काट्ने सजाय हुन्छ।"
«تُقْطَعُ اليَدُ فِي رُبُعِ دِينَارٍ فَصَاعِدًا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि सुनको एक चौथाई (१/४) दिनार वा सोभन्दा बढी मूल्यको वस्तु चोरी गर्ने चोरको हात काटिन्छ, र एक चौथाई दिनारको मूल्य १.०६ ग्राम सुनको मूल्य बराबर हुन्छ।
चोरी गर्नु ठूलो पाप हो ।
महान् अल्लाहले चोरीको अपराधप्रति सजाय तोक्नुभएको छ, जुन हात काट्नु हो। पवित्र कुरआनमा भनिएको छ: {चोरी गर्ने पुरुष र महिला दुवैको हात काटिदेऊ} [सुरह अल-माइदा: ३८]। र सुन्नतले सजायस्वरूप हात काट्नका लागि आवश्यक सर्तहरू स्पष्ट पारेको छ।
हदीसमा 'हात' भन्नाले हत्केलाको जोर्नी (कलाई, नाडी) बाट काट्नु हो, जुन हत्केला र पाखुराको बीचमा हुन्छ।
चोरको हात काट्नु पछाडिको मुख्य कारण मानिसहरूको धनसम्पत्ति सुरक्षित गर्नु र अन्य अपराधीहरूलाई निरुत्साहित तथा भयभीत पार्नु हो।
दिनार सुनको एक मिस्काल हो, र हाल यो २४ क्यारेटको (४.२५ ग्राम) बराबर हुन्छ; यस अनुसार, एक चौथाइ दिनार हालको तौलको हिसाबले एक ग्राम र केही अंश बराबर हुन्छ।
सही बुखारी (8/ 160) (6789).
सही मुस्लिम (3/ 1312) (1684).
थप (5)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 125).
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام.
(ص665).