«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
«أَلَا أُنَبِّئُكُمْ بِأَكْبَرِ الْكَبَائِرِ؟» ثَلَاثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللهِ، قَالَ: «الْإِشْرَاكُ بِاللهِ، وَعُقُوقُ الْوَالِدَيْنِ» وَجَلَسَ وَكَانَ مُتَّكِئًا، فَقَالَ: «أَلَا وَقَوْلُ الزُّورِ»، قَالَ: فَمَا زَالَ يُكَرِّرُهَا حَتَّى قُلْنَا: لَيْتَهُ سَكَتَ.
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई सबैभन्दा ठूलो पापहरू बयान गर्दा यी तीनवटा पापहरू बताउनु भयो : १) अल्लाहसँग शिर्क गर्नु: अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । अल्लाह बाहेक अरू कसैलाई अल्लाहको उपासना, उहाँको नाम र उहाँका गुणहरूमा बराबरी ठहर गर्नु हो। २) आमाबाबुको अवज्ञा गर्नु: यसको मतलब बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । ३) झूट बोल्नु र यसमा झूटो गवाही दिनु समावेश छ : झूटो गवाही भनेको कसैको सम्पत्ति चोर्ने वा कसैको अपमान गर्ने उद्देश्यले गरिएको प्रत्येक झूटा बयानलाई जनाउँछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झूट बोल्न विरुद्ध बारम्बार चेतावनी दिनुभयो, किनभने झूट एक खराब कुरा हो र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पार्दछ। उहाँ ले यति धेरै पटक यस कुरा लाई दोहोर्याउनु भयो, यहाँसम्म कि उहाँका साथीहरूले उहाँको कष्ट देखेर उहाँप्रति माया देखाउदै चुप लाग्नुभएको भए बेश हुन्थ्यो सोचे।
ألا أنبئكم: أَلا أخبركم.
सबैभन्दा ठूलो पाप शिर्क (अल्लाहसँग साझेदारी) गर्नु हो, किनकि उहाँले ठूलो पाप बयान गर्ने क्रममा यसलाई सबैभन्दा पहिलो घोषणा गर्नुभएको छ र कुर्आनको यो आयतले पनि यसको पुष्टि गर्दछ: "वास्तवमा, अल्लाहले शिर्क (उहाँसँग साझेदार) गर्ने कसैलाई क्षमा गर्नुहुन्न र यसबाहेक उहाँले जसलाई चाहानुहुन्छ क्षमा गर्नुहुनेछ ।"
आमाबाबुको अधिकारको महत्त्व, किनभने अल्लाहले उनीहरूको अधिकारलाई आफ्नो अधिकारको साथ वर्णन गर्नुभएको छ ।
पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पाप भन्नाले प्रत्येक त्यो पापलाई जनाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा र निन्दनीय रूपमा हराम छन् । जबकि साना पाप भन्नाले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।
सही बुखारी (3/ 172) (2654).
(8/ 4) (5976).
(8/ 62) (6273-6274).
सही मुस्लिम (1/ 91) (87).
थप (6)
عمدة الأحكام من كلام خير الأنام صلى الله عليه وسلم (ص257) (380).
شرح النووي على مسلم (2/ 81).
الإلمام بشرح عمدة الأحكام لإسماعيل الأنصاري (2/ 149).
تيسير العلام شرح عمدة الأحكام للبسام (ص703).
أعلام السنة المنشورة لاعتقاد الطائفة الناجية المنصورة.
لحافظ بن أحمد الحكمي (ص111).
Cited in books
5 Booksथप (5)
- عقيدة التوحيد(ألا أنبئكم بأكبر الكبائر) قلنا: بلى يا رسول الله، قال: (الإشراك بالله، وعقوق الوالدين...) الحديث
- قاموس الكبائر موسوعة الكبائر - المجموعة الأولى«أَلَا أُنَبِّئُكُمْ بِأَكْبَرِ الكَبَائِرِ؟» ثَلاَثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللَّهِ، قَالَ: «الإِشْرَاكُ بِاللَّهِ، وَعُقُوقُ الوَالِدَيْنِ، وَقَتْلُ النَّفْسِ، وَشَهَادَةُ الزُّورِ» [23].
- قاموس الكبائر«أَلَا أُنَبِّئُكُمْ بِأَكْبَرِ الكَبَائِرِ؟» ثَلاَثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللَّهِ، قَالَ: «الإِشْرَاكُ بِاللَّهِ، وَعُقُوقُ الوَالِدَيْنِ، وَقَتْلُ النَّفْسِ، وَشَهَادَةُ الزُّورِ» [23].
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«أَلَا أُنَبِّئُكُمْ بِأَكْبَرِ الكَبَائِرِ؟» ثَلَاثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللَّهِ، قَالَ: «الإِشْرَاكُ بِاللَّهِ، وَعُقُوقُ الوَالِدَيْنِ. وَجَلَسَ وَكَانَ مُتَّكِئًا فَقَالَ: أَلَا وَقَوْلُ الزُّورِ»، قَالَ: فَمَا زَالَ يُكَرِّرُه
- مشروع المنهج التعليميمادة التوحيد مستوى 3«أَلاَ أُنَبِّئُكُمْ بِأَكْبَرِ الكَبَائِرِ؟» ثَلاَثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللهِ، قَالَ: «الإِشْرَاكُ بِاللَّهِ، وَعُقُوقُ الوَالِدَيْنِِ...»