“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।"
साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मलाई केही जिक्र (प्रार्थना) हरू सिकाउनुहोस्, जुन म पढ्न सकूँ । उहाँले भन्नुभयो : “भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।" उसले भन्यो: यी शब्दहरू त मेरा पालनकर्ताका लागि भए, अनि मेरो लागि चैँ? उहाँले भन्नुभयो: "भन:(अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वह्दिनी वर्जुक्नी) ।"
جَاءَ أَعْرَابِيٌّ إِلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: عَلِّمْنِي كَلَامًا أَقُولُهُ، قَالَ: «قُلْ: لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، اللهُ أَكْبَرُ كَبِيرًا، وَالْحَمْدُ لِلَّهِ كَثِيرًا، سُبْحَانَ اللهِ رَبِّ الْعَالَمِينَ، لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللهِ الْعَزِيزِ الْحَكِيمِ» قَالَ: فَهَؤُلَاءِ لِرَبِّي، فَمَا لِي؟ قَالَ: «قُلْ: اللهُمَّ اغْفِرْ لِي وَارْحَمْنِي وَاهْدِنِي وَارْزُقْنِي».
गाउँबाट आएका एक सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही जिक्रहरू सिकाउन आग्रह गरे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु ।" उहाँले तौहीद (एकेश्वरवाद) को गवाही बाट सुरु गर्नुभयो, जसको अर्थ हो: 'अल्लाह बाहेक कोही सत्य पूज्य छैन ।' "अल्लाहु-अक्बर कबीरा" अर्थ : अल्लाह सबै भन्दा महान र ठूलो हुनुहुन्छ । "वल्हम्दु-लिल्लाहि कषीरा" अर्थ : अल्लाहका गुणहरू, कार्यहरू र उहाँका अनगिन्ती आशीर्वादहरूका लागि धेरै प्रशंसा छन्। "सुब्हानल्लाहि रब्बिल-आलमीन्" अर्थ : उहाँ हरेक कमी-कमजोरी र त्रुटिबाट पवित्र हुनुहुन्छ । "ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम" अर्थ: अल्लाहको सहयोग, कृपा र इच्छाबिना एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन सम्भव छैन। यो सुनेर गाउँलेले भन्यो: यी शब्दहरू त मेरा रबको स्तुति र महिमाका लागि भए, मैले चैं आफ्नो लागि के दुआ (प्रार्थना) गरुँ? "'अल्लाहुम्मग्-फिर्ली" हे अल्लाह! मेरा पापहरूलाई मेटिदिनुहोस् र मेरा पापहरु कसैलाई थाहा नहोस्, र हे अल्लाह! मलाई क्षमा गरिदिनुहोस् । "वर्-हम्नी" मलाई धार्मिक र सांसारिक लाभहरू प्रदान गरेर ममाथि दया गर्नुहोस् । "वह्दिनी" मलाई उत्तम अवस्था र सीधा मार्गतर्फ मार्गदर्शन गर्नुहोस् । "वर्जुक्नी" मलाई धन, सुस्वास्थ्य र सबै प्रकारका भलाइ प्रदान गर्नुहोस् ।
...:
यसमा सुब्हानल्लाह, अल्हम्दु लिल्लाह र अल्लाहु अकबर द्वारा अल्लाहको प्रशंसा गर्न प्रोत्साहित गरिएको छ ।
दुआ गर्नु अघि अल्लाहको प्रशंसा र महिमा गर्नु मुस्तहब (पुण्यदायी) हो ।
मानिसले दुआ (प्रार्थना) गर्दा दुनियाँ (यस लोक) र आखिरत (परलोक) दुवैका भलाइ र राम्रा कुराहरू समावेश भएका प्रमाणित दुआहरू छनोट गर्नु मुस्तहब (उत्तम) मानिन्छ, र त्यसपछि आफूले चाहेको दुआ गर्नु पर्छ।
व्यक्तिले यस संसार र परलोकमा फाइदा पुर्याउने कुराहरू सिक्न उत्सुक हुनुपर्छ।
यसमा क्षमा, दया र जीविका (रिज़्क़) माग्नका लागि प्रोत्साहन छ, किनकि यी सबै भलाइ (कल्याण) का संग्रह हुन् ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मत (अनुयायी) प्रति अत्यन्तै दयालु हुनुहुन्थ्यो, त्यसैले उहाँले उनीहरूलाई फाइदाजनक कुराहरू सिकाउनु हुन्थ्यो।
दया लाई क्षमा पछि उल्लेख गरिएको छ ताकि शुद्धीकरण पूर्ण हुन सकोस्। क्षमा ले पापहरूलाई लुकाउने, मेटाउने र नरकबाट टाढा राख्ने काम गर्छ, जबकि दया ले भलाइहरू प्रदान गर्ने र स्वर्गमा प्रवेश गराउने काम गर्छ, र यो नै ठूलो सफलता हो।
सही मुस्लिम (4/ 2072) (2696).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 498).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (2/ 972).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي القاري (4/ 1606).
Cited in books
11 Booksथप (10)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"قل: لا إله إلا الله وحده لا شريك له، الله أكبر كبيراً والحمدُ لله كثيراً، سبحان الله رب العالمين، لا حول ولا قوة إلا بالله العزيز الحكيم" قال فهؤلاء لربي فمالي؟ قال "قل: اللهم اغفر لي، وارحمني، واهدني وارزقني".
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«قُلْ: لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، اللَّهُ أَكْبَرُ كَبِيرًا، وَالْحَمْدُ لِلَّهِ كَثِيرًا، سُبْحَانَ اللَّهِ رَبِّ الْعَالَمِينَ، لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللهِ الْعَزِيزِ الْحَكِيمِ» قَالَ: فَهَؤُلَاءِ لِرَ
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلم«لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّهِ»[44].
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلملَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّه
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلملَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّهِ»[306].
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلملَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّه
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلملَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، اللَّهُ أَكْبَرُ كَبِيرًا، وَالحَمْدُ لِلَّهِ كَثِيرًا، سُبْحَانَ اللَّهِ رَبِّ العَالَمِينَ، لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّهِ العَزِيزِ الحَكِيمِ»
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلملَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، اللَّهُ أَكْبَرُ كَبِيرًا، وَالحَمْدُ لِلَّهِ كَثِيرًا، سُبْحَانَ اللَّهِ رَبِّ العَالَمِينَ، لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّهِ العَزِيزِ الحَكِيم
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«قُل: لا إلهَ إلَّا اللهُ وحدَهُ لا شريكَ لَهُ، اللهُ أكبرُ كبيراً، والحمدُ لله كثيراً، وَسُبْحَانَ اللهِ ربِّ العالمين، ولا حولَ ولا قوَّةَ إلَّا بالله العزيزِ الحكيمِ» قَالَ: فهؤلاء لربِّي، فما لي؟ قَالَ: «قُل: اللّهم اغفرْ لي، وارحمْني،
- فضل الدعاء وآدابه والأوقات التي يستحب فيها"لا حول ولا قوة إلا بالله"