Skip to content

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराको आदेश दिनुभएको र सातवटा कुराबाट रोक्नुभएको छ।

बराअ बिन आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

"अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराको आदेश दिनुभयो र सातवटा कुराबाट मनाही गर्नुभयो। उहाँले हामीलाई बिरामीको हालखबर सोध्न, जनाजामा सहभागी हुन, हाच्छ्यूँ गर्ने व्यक्तिको जवाफ दिन, कसम पूरा गर्न, अन्यायमा परेको व्यक्तिको मद्दत गर्न, निमन्त्रणा गर्ने व्यक्तिको निमन्त्रणा स्वीकार गर्न र सलाम फैलाउन आदेश दिनुभयो। र उहाँले हामीलाई सुनको औँठी लगाउन, चाँदीका भाँडामा पिउन, मयासिर (रेशमी गद्दा) प्रयोग गर्न, कस्सी (रेशम मिश्रित कपडा) लगाउन तथा रेशम, इस्तबरक (बाक्लो रेशम) र दीबाज (मुलायम रेशम) लगाउनबाट मनाही गर्नुभयो।"

أَمَرَنَا رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِسَبْعٍ، وَنَهَانَا عَنْ سَبْعٍ: أَمَرَنَا بِعِيَادَةِ الْمَرِيضِ، وَاتِّبَاعِ الْجَنَازَةِ، وَتَشْمِيتِ الْعَاطِسِ، وَإِبْرَارِ الْقَسَمِ، أَوِ الْمُقْسِمِ، وَنَصْرِ الْمَظْلُومِ، وَإِجَابَةِ الدَّاعِي، وَإِفْشَاءِ السَّلَامِ، وَنَهَانَا عَنْ خَوَاتِيمَ -أَوْ عَنْ تَخَتُّمٍ- بِالذَّهَبِ، وَعَنْ شُرْبٍ بِالْفِضَّةِ، وَعَنِ الْمَيَاثِرِ، وَعَنِ الْقَسِّيِّ، وَعَنْ لُبْسِ الْحَرِيرِ وَالْإِسْتَبْرَقِ وَالدِّيبَاجِ.

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराहरूको पालन गर्न आदेश दिनुभएको छ र सातवटा कुराहरूलाई निषेध गर्नुभएको छ; उहाँले आदेश दिनुभएका कुराहरू यस प्रकार छन्: पहिलो: बिरामीलाई भेट्न जानु। दोस्रो: जनाजाको पछि हिड्नु, जनाजाको नमाज एवं दफन (अन्त्येष्टि) मा सहभागी हुनु, तथा मृतकका निम्ति प्रार्थना गर्नु। तेस्रो: हाच्छिउँ गरेर 'अल्हम्दुलिल्लाह' भन्ने व्यक्तिका निम्ति प्रार्थना गर्दै उसलाई ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन्नु। चौथो: कसम (शपथ) खाने व्यक्तिको कसम पूरा गरिदिनु; अर्थात् यदि कसैले कुनै कुरामा कसम खान्छ र तपाईं त्यसलाई पूरा गर्न सक्षम हुनुहुन्छ भने गरिदिनुहोस्, ताकि उसले आफ्नो कसमको प्रायश्चित्त (कफ्फारा) व्यहोर्नु नपरोस्। पाँचौँ: अन्याय र दमनमा परेका पीडितको पक्षमा उभिएर तथा आफ्नो सामर्थ्यले भ्याएसम्म अत्याचारीलाई रोकेर उसको सहायता गर्नु। छैटौँ: भोज–भतेरको निमन्त्रणालाई स्वीकार ग, चाहे त्यो वलीमा (विवाह भोज) होस्, अकीका वा अन्य कुनै अवसर। सातौँ: सलाम गर्ने कार्यलाई व्यापक बनाउनु, यसको प्रचार-प्रसार गर्नु तथा सलामको जवाफ फर्काउनु। र निषेध गरिएको कुराहरू यस प्रकार छन्: पहिलो: सुनको औँठी धारण गर्नु तथा त्यसद्वारा सौन्दर्य-शृङ्गार गर्नु। दोस्रो: चाँदीका भाँडाकुँडाहरूमा पिउनु। तेस्रो: 'मयासिर' (रेशम निर्मित नरम गद्दाहरू) माथि बस्नु, जसलाई घोडा वा ऊँटको काठीमाथि राखिन्छ। चौथो: रेशम मिश्रित लिनेनबाट बनेको कपडा लगाउनु, जसलाई (अल-कस्सी) भनिन्छ। पाँचौँ: रेशमको पहिरन लगाउनु। छैटौँ: 'इस्तबरक' अर्थात् बाक्लो रेशमको कपडा लगाउनु। सातौँ: 'दीबाज' का वस्त्रहरू लगाउनु, जो रेशमका प्रकारहरूमध्ये सबैभन्दा विशिष्ट र मूल्यवान् मानिन्छ।

हदीसका केही फाइदाहरू

यसमा एक मुस्लिमको अर्को मुस्लिममाथि हुने केही अधिकारहरूको व्याख्या छ।

शरियाको मूल नियमअनुसार यसका सम्पूर्ण आदेश तथा निषेधहरू महिला र पुरुष दुवैका लागि समान रूपमा लागू हुन्छन्; केवल ती आदेशहरू बाहेक, जो कुनै एक लिङ्गका लागि मात्र विशेष रूपमा निर्दिष्ट गरिएका छन्।

अन्य हदीसहरूले महिलाहरूलाई जनाजामा सहभागी हुन निषेध गरिएको कुरा स्पष्ट पार्दछन्।

अन्य हदीसहरूले महिलाहरूका निम्ति सुनका गहना र रेशमी वस्त्र धारण गर्नु वैध रहेको कुरा स्पष्ट रूपमा प्रमाणित गर्दछन्।

श्रोतहरू

सही बुखारी (2/ 71) (1239).

सही मुस्लिम (3/ 1635) (2066).

थप (2)

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص731).