“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
अबु जर रजियल्लाहु अन्हुले वर्णन गरेका छन् :
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुन्छ ? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
أَنَّ نَاسًا مِنْ أَصْحَابِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالُوا لِلنَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: يَا رَسُولَ اللهِ، ذَهَبَ أَهْلُ الدُّثُورِ بِالْأُجُورِ، يُصَلُّونَ كَمَا نُصَلِّي، وَيَصُومُونَ كَمَا نَصُومُ، وَيَتَصَدَّقُونَ بِفُضُولِ أَمْوَالِهِمْ، قَالَ: «أَوَلَيْسَ قَدْ جَعَلَ اللهُ لَكُمْ مَا تَصَّدَّقُونَ؟ إِنَّ بِكُلِّ تَسْبِيحَةٍ صَدَقَةً، وَكُلِّ تَكْبِيرَةٍ صَدَقَةً، وَكُلِّ تَحْمِيدَةٍ صَدَقَةً، وَكُلِّ تَهْلِيلَةٍ صَدَقَةً، وَأَمْرٌ بِالْمَعْرُوفِ صَدَقَةٌ، وَنَهْيٌ عَنْ مُنْكَرٍ صَدَقَةٌ، وَفِي بُضْعِ أَحَدِكُمْ صَدَقَةٌ»، قَالُوا: يَا رَسُولَ اللهِ، أَيَأتِي أَحَدُنَا شَهْوَتَهُ وَيَكُونُ لَهُ فِيهَا أَجْرٌ؟ قَالَ: «أَرَأَيْتُمْ لَوْ وَضَعَهَا فِي حَرَامٍ أَكَانَ عَلَيْهِ فِيهَا وِزْرٌ؟ فَكَذَلِكَ إِذَا وَضَعَهَا فِي الْحَلَالِ كَانَ لَهُ أَجْرٌ».
केही गरीब सहाबाहरूले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आफ्नो कठिनाइ, गरिबी र धनी भाइहरूझैँ सम्पत्ति दान गरेर ठूलो पुण्य र प्रतिफल हासिल गर्न नसकेको, साथै नेकी (पुण्य) का कामहरूमा उनीहरू सरह अगाडि बढ्न नसकेको गुनासो गर्दै यसरी भनेः “हामी नमाज पढ्छौँ भने उनीहरू पनि नमाज पढ्छन्, हामी रोजा राख्छौँ भने उनीहरू पनि रोजा राख्छन्। तर उनीहरूले आफ्ना अतिरिक्त धनबाट दान–खैरात गरेर हामीभन्दा अघि बढ्छन्, तर हाम्रो हातमा दान गर्न केही पनि हुँदैन।” त्यसैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई दान–खैरात गर्ने केही त्यस्ता उपायहरू बताइदिनुभयो, जुन उनीहरूले पनि गर्न सक्थे। उहाँले भन्नुभयो: के अल्लाहले तिमीहरूका लागि दान–खैरात गर्ने बाटाहरू खोलिदिनु भएको छैन र? ‘सुब्हानल्लाह’ को जप गर्नु तिमीहरूका लागि दान हो, ‘अल्लाहु अकबर’ भन्नु दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु दान हो, भलाइको हुकुम दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अँझ आफ्नो पत्नीसँग शारीरिक सम्बन्ध राख्नु पनि दान हो। सहाबाहरू यस कुरामा धेरै अचम्म मानेर भनेः “हे अल्लाहका रसूल! के हाम्रो वासना पूरा गर्नेमा समेत पुण्य र प्रतिफल मिल्छ र?” उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: “भन त, यदि कसैले आफ्नो वासना हराम स्थानमा पूरा गर्यो भने – जस्तै व्यभिचार आदिमा संलग्न भयो भने – के उसलाई पाप हुने छैन र? त्यसैगरी जब उसले आफ्नो वासना हलाल मार्गबाट पूरा गर्छ, तब उसलाई पुण्य र प्रतिफल अवश्य नै मिल्छ।”
सहाबाहरुको नेकीका कामहरूमा एक–अर्काभन्दा अघि बढ्न प्रतिस्पर्धा र प्रयास गर्थे र अल्लाहबाट ठूलो पुण्य र अनन्त कृपा प्राप्त गर्न अत्यन्तै आतुर रहन्थे।
भलाइका कामहरूको धेरै रूपहरू हुन्छन्। कुनै मुस्लिमले सच्चा नीयत र राम्रो उद्देश्यका साथ गरेको हरेक कार्य भलाइको कार्य हो।
इस्लाम एक सरल र सहज धर्म हो। त्यसैले प्रत्येक मुस्लिमले आफ्नो सामर्थ्य अनुसार त्यस्तो काम गर्न सक्छ, जसले अल्लाहको आज्ञापालन पूरा हुन्छ।
इमाम नववी भन्नुहुन्छः यो हदीस यस कुराको दलील हो कि यदि नीयत सच्चा भयो भने वैध (मुबाह) कामहरू पनि नेकी अर्थात् पुण्यका काम बन्छन्। यदि नीयत पत्नीको अधिकार पूरा गर्नु, अल्लाहको आदेशअनुसार उसको साथ राम्रो जीवन बिताउनु, असल सन्तानको चाहना गर्नु, आफूलाई वा पत्नीलाई पाक–दामन राख्नु, हरामतर्फ नजर नपुर्याउनु, हराम कुरा सोच्न वा हराम कार्य गर्ने इरादाबाट जोगिनु तथा यस्ता अन्य राम्रा उद्देश्यहरू मनमा राखिन्छ भने, सहवास पनि इबादत बन्छ।
श्रोतालाई कुरा अझ राम्रोसँग बुझियोस् र उसको हृदयमा गहिरोसँग बसोस् भन्ने उद्देश्यले उदाहरण दिनु र कुनै भलाइमा तुलना गर्नु नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो।
सही मुस्लिम (2/ 697) (1006).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 201).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 161).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (3/ 31).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 150).
Cited in books
10 Booksथप (10)
- الإسلام أصوله ومبادئه(وفي بضع أحدكم صدقة. قالوا: يا رسول الله! أيأتي أحدنا شهوته ويكون له فيها أجر؟ قال: أرأيتم لو وضعها في حرام أكان عليه وزر؟ فكذلك إذا وضعها في الحلال كان له أجر)[245].
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«وَفِي بُضْعِ أَحَدِكُمْ صَدَقَةٌ»، قَالُوا: يَا رَسُولَ اللَّهِ! أَيَأْتِي أَحَدُنَا شَهْوَتَهُ وَيَكُونُ لَهُ فِيهَا أَجْرٌ؟ قَالَ: «أَرَأَيْتُمْ لَوْ وَضَعَهَا فِي حَرَامٍ أَكَانَ عَلَيْهَا فِيهَا وِزْرٌ؟ فَكَذَالِكَ إِذَا وَضَعَهَا فِي
- الصيام ومجموعة أسئلة في أحكامه«وَفِي بُضْعِ أَحَدِكُمْ صَدَقَةً»، قَالُوا: يَا رَسُولَ اللهِ، أَيَأْتِي أَحَدُنَا شَهْوَتَهُ وَيَكُونُ لَهُ فِيهَا أَجْرٌ؟ قَالَ: «أَرَأَيْتُمْ لَوْ وَضَعَهَا فِي الحَرَامِ، أَكَانَ عَلَيْهِ فِيهَا وِزْرٌ؟ وَكَذَلِكَ إِذَا وَضَعَهَا فِي ا
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «أَرَأَيْتُمْ لَوْ وَضَعَهَا في حَرَامٍ أَكَانَ عَلَيْهِ فيها وِزْرٌ؟ فكذلكَ إذا وضَعَهَا في الحَلاَلِ كانَ لَهُ أَجْرٌ».
- مجموعة زاد الحديث(2)1«أَوَلَيْسَ قَدْ جَعَلَ الله لَكُمْ مَا تَصَّدَّقُونَ؟ إِنَّ بِكُلِّ تَسْبِيحَةٍ صَدَقَةً، وَكُلِّ تَكْبِيرَةٍ صَدَقَةً، وَكُلِّ تَحْمِيدَةٍ صَدَقَةً، وَكُلِّ تَهْلِيلَةٍ صَدَقَةً، وَأَمْرٌ بِالْمَعْرُوفِ صَدَقَةٌ، وَنَهْيٌ عَنْ مُنْكَرٍ صَ
- مجموعة زاد الحديث(2)1«أوَليس قد جعل الله لكم ما تَصَّدَّقُون؟!»
- مجموعة زاد الحديث(2)1«وفي بِضع أحدِكم صدقة»
- مجموعة زاد الحديث(2)1«أَرَأَيْتُمْ لَوْ وَضَعَهَا فِي حَرَامٍ أَكَانَ عَلَيْهِ فِيهَا وِزْرٌ؟ فَكَذَلِكَ إِذَا وَضَعَهَا فِي الْحَلَالِ كَانَ لَهُ أَجْرٌ»،
- مجموعة زاد الحديث(2)1«وَفِي بُضْعِ أَحَدِكُمْ صَدَقَةٌ».
- موسوعة الأسئلة (المجموعة الأولى)أَنَّ نَاسًا مِنْ أَصْحَابِ النَّبِيِّ ﷺ قَالُوا لِلنَّبِيِّ ﷺ: يَا رَسُولَ اللهِ، ذَهَبَ أَهْلُ الدُّثُورِ بِالْأُجُورِ، يُصَلُّونَ كَمَا نُصَلِّي، وَيَصُومُونَ كَمَا نَصُومُ، وَيَتَصَدَّقُونَ بِفُضُولِ أَمْوَالِهِمْ. قَالَ: «أَوَلَيْسَ قَ