Skip to content

“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”

«لَا تَجْعَلُوا بُيُوتَكُمْ قُبُورًا، وَلَا تَجْعَلُوا قَبْرِي عِيدًا، وَصَلُّوا عَلَيَّ؛ فَإِنَّ صَلَاتَكُمْ تَبْلُغُنِي حَيْثُ كُنْتُمْ».

अबू दाऊदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरू लाई नमाज विहीन बनाउन निषेध गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जहाँ प्रार्थना गरिँदैन । त्यसैगरी, चिहानमा बारम्बार जान र त्यहाँ नियमित रूपमा भेला हुन निषेध गरिएको छ, किनकि यसले शिर्कको ढोका खोल्छ । उहाँले पृथ्वीको कुनै पनि भागबाट दरूद पठाउन आदेश दिनुभएको छ; किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । त्यसैले बारम्बार उहाँको चिहान नजिक आउनु आवश्यक छैन ।

शब्दको अर्थ

ولا تجعلوا قبري عيدًا: العيد: ما يعتاد مجيئه وقصده من زمان ومكان، أي: لا تتخذوا قبري محل اجتماعٍ تترددون إليه وتعتادونه للصلاة والدعاء وغير ذلك.

हदीसका केही फाइदाहरू

घरहरूलाई अल्लाहको उपासना विहीन छाडी राख्न बाट मनाही गरिएको छ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारत (दर्शन) को लागि यात्रा गर्न निषेध गरिएको छ, किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । हो, मस्जिद नबवीमा नमाज पढ्ने मनसायले यात्रा गर्न अनुमति छ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारतलाई उत्सवको रूपमा लिन निषेध गरिएको छ । अर्थात् निश्चित समयमा विशेष तरिकाले बारम्बार जियारत (दर्शन) गर्नु हराम हो र अन्य चिहानहरू प्रति पनि यही नियम लागू हुन्छ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रति अल्लाहको कृपा, कि हरेक समय र हरेक ठाउँबाट उहाँमाथि दरुद व सलाम (आशीर्वाद र शान्ति) पठाउन वैध गरिएको छ ।

चिहानको नजिक नमाज पढ्न निषेध गरिएको कुरा साहाबाहरू बीच ठहर भईसकेको को हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।

श्रोतहरू

सुनन अबी दाउद (3/ 385) (2042).

थप (4)

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص202).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص185).