Skip to content

"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"

«وَالَّذِي نَفْسِي بِيَدِهِ، لَيُوشِكَنَّ أَنْ يَنْزِلَ فِيكُمْ ابْنُ مَرْيَمَ حَكَمًا مُقْسِطًا، فَيَكْسِرَ الصَّلِيبَ، وَيَقْتُلَ الخِنْزِيرَ، وَيَضَعَ الجِزْيَةَ، وَيَفِيضَ المَالُ حَتَّى لاَ يَقْبَلَهُ أَحَدٌ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभएको छ कि, मानिसहरूबीच मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिया (इस्लामी कानून) बमोजिम न्याय गर्नका लागि चाँडै नै ईसा (येशू अलैहिस्सलाम) को अवतरण हुनेछ। क्रिस्चियनहरूले सम्मान गर्ने क्रसलाई उहाँले भाँच्नुहुनेछ, र सुँगुरलाई मार्नु हुनेछ । जिजिया (कर) हटाउनेछन् र सबै मानिसहरूलाई इस्लाम धर्म स्वीकार गर्न आह्वान गर्नेछन् । त्यतिबेला धनको अत्यधिक प्रचुरता हुनेछ, प्रत्येक व्यक्तिसँग यति धेरै धन हुनेछ र यसमा यति बर्कत (वृद्धि) हुनेछ कि हरेक व्यक्ति आत्मनिर्भर हुनेछ र कोही पनि आर्कोको धन स्वीकार गर्न तयार हुने छैन।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा अन्तिम समयमा ईसा (अलैहिस्सलाम) को अवतरण हुने प्रमाण छ, र यो कयामतका प्रमुख चिन्हहरूमध्ये एक हो।

यसबाट स्पष्ट हुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शरीयत (विधान, कानुन) कुनै पनि शरीयत द्वारा रद्द हुनेछैन ।

अन्तिम समयमा धनमा बर्कत (वृद्धि) हुनेछ र मानिसहरूको मनमा धनको लोभ हुने छैन ।

यसमा इस्लाम धर्म सधैं कायम रहनेछ र ईसा (येशू अलैहिस्सलाम) ले अन्तिम समयमा त्यस अनुसार शासन गर्नुहुनेछ भन्ने शुभ समाचार छ ।

श्रोतहरू

सही बुखारी (3/ 82) (2222).

सही मुस्लिम (1/ 135) (155).

थप (3)

شرح النووي على مسلم (1/471).

التوضيح (14/555).

عمدة القاري شرح صحيح البخاري (12/ 35).