मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
قُلْتُ: يَا رَسُولَ اللهِ، قُلْ لِي فِي الْإِسْلَامِ قَوْلًا لَا أَسْأَلُ عَنْهُ أَحَدًا غَيْرَكَ، قَالَ: «قُلْ: آمَنْتُ بِاللهِ، ثُمَّ اسْتَقِمْ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसलाई दृढताका साथ पालना गरून् र यसको बारेमा अरू कसैलाई सोध्न नपरोस् । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: भन, अल्लाह एक हुनुहुन्छ र उहाँ नै मेरो परमेश्वर, मेरो सृष्टिकर्ता र पूज्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर म विश्वास गर्दछु । त्यसपछि अल्लाहको आदेशको पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहेर उहाँको आज्ञापालन गर्नु र त्यसमा अडिग रहनु ।
...:
वास्तविक धर्म भनेको अल्लाहलाई परमेश्वर, साँचो ईश्वर र उहाँको नाम र गुणहरूमा विश्वास गर्नु हो ।
ईमान ल्याइसकेपछि निरन्तर उपासना गर्नु र त्यसमा अडिग रहनुको ठूलो महत्व छ ।
ईमान भनेको कर्म स्वीकार गर्ने मूल शर्त हो ।
अल्लाहमाथिको आस्थामा आस्थासँग सम्बन्धित आधारभूत कुराहरू र त्यसअन्तर्गत आउने हृदयका कार्यहरू तथा अल्लाहको लागि बाह्य तथा आन्तरिक आज्ञाकारिता र आत्मसमर्पण समावेश छन् ।
इस्तिकामह (स्थिरता) भनेको वाजिबको पालना गरेर र निषेधहरू त्यागेर सोझो बाटोमा अडिग रहनु हो ।
सही मुस्लिम (1/ 65) (38).
मुस्नद अहमद (24/ 141) (15416).
थप (5)
المفهم (1/137).
جامع العلوم والحكم (1/507).
فتح القوي المتين للعباد (ص 76).
شرح الأربعين النووية لعبد الكريم الخضير (ص 285).
شرح الأربعين لصالح آل الشيخ (ص 305).
Cited in books
8 Booksथप (8)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«قُلْ آمَنْتُ بِاللَّهِ، ثُمَّ اسْتَقِمْ»
- خذ عقيدتك من الكتاب والسنة الصحيحة«قل آمنتُ باللهِ، ثم استَقِمْ»
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «قُلْ: آمَنْتُ بِالله، ثُمَّ اسْتَقِمْ».
- مجموعة زاد الحديث(3)1«قُلْ آمنتُ بالله، ثمَّ اسْتقِمْ»
- مجموعة زاد الحديث(3)1«آمَنتُ بِالله، ثُمَّ استَقِم»،
- مشروع منهاج زادكزادك معلم 3(قُلْ: آمَنْتُ بِالله، ثُمَّ اسْتَقِمْ)،
- مشروع منهاج زادكزادك 3 طالب نهائي«قُلْ: آمَنْتُ بِالله، ثُمَّ اسْتَقِمْ»
- نبراس طالب (1)1قُلْتُ: يَا رَسُولَ اللهِ، قُلْ لِي فِي الْإِسْلَامِ قَوْلًا لَا أَسْأَلُ عَنْهُ أَحَدًا بَعْدَكَ. قَالَ: «قُلْ: آمَنْتُ بِالله، فَاسْتَقِمْ»