Skip to content

न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,

मैले सोधे: हे अल्लाहको रसूल! न्यायको दिन हजुरको शिफाअत (मध्यस्थता) को बढी हकदार कुन भाग्यमानी मान्छे हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “हे अबू हुरैरा! "हदीस"को लागि तिम्रो चासो देखेर, तिमी भन्दा पहिले यो कसैले सोध्ने छैन भन्ने मलाई लागेको थियो । न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।"

قيل يا رسول الله من أسعد الناس بشفاعتك يوم القيامة؟ قال رسول الله صلى الله عليه وسلم: «لقد ظننت يا أبا هريرة ألا يسألني عن هذا الحديث أحد أول منك لما رأيت من حرصك على الحديث، أسعد الناس بشفاعتي يوم القيامة، من قال لا إله إلا الله، خالصًا من قلبه أو نفسه».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, न्यायको दिन, उहाँको सिफारिसको हकदार त्यो व्यक्ति हुनेछ जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक "ला इला-ह इल्लाल्लाह" को गवाही दिन्छ, अर्थात अल्लाह बाहेक कोही सत्य पूज्य छैन र ऊ शिर्क (बहुदेववाद) र रिया (देखावटी भक्ति) जस्ता कुराहरूबाट सुरक्षित हुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीस बाट प्रमाणित हुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई परलोकमा मध्यस्थता को अधिकार दिईने छ र केवल एकेश्वरवादीहरुलाई उहाँको सिफारिस प्राप्त हुनेछ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मध्यस्थता अर्थात्( कुकर्म गर्ने कारणले) नर्क जान बाध्य भएका एकेश्वरवादीहरूलाई नर्कमा प्रवेश नगराउने र नर्कमा प्रवेश गरिसकेकालाई नरकबाट बाहिर निकाल्ने सिफारिस हो ।

यस हदीस बाट अल्लाहको लागि विशुद्ध रूपमा "ला इलाहा इल्लल्लाह" को वचन दिनू को उत्कृष्टता र यसको ठूलो प्रभाव प्रष्ट हुन्छ।

"कलिम-ए-तौहीद" ("ला इलाहा इल्लल्लाह" ) लाई पूर्ण रूपमा स्वीकार गर्नु भनेको यसको अर्थ जान्नु र सोही अनुसार कर्म गर्नु हो ।

यस हदीस बाट अबू-हुरैरह (रजियल्लाहु अन्हु) को उत्कृष्टता र ज्ञान को लागी उनको उत्सुकता पनि स्पष्ट हुन्छ ।

श्रोतहरू

सही बुखारी (1/ 31) (99).

थप (4)

منار القاري شرح مختصر صحيح البخاري.

لحمزة محمد قاسم (1/ 197).

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (1/ 343).