Skip to content

"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"

«أُمِرْتُ أَنْ أَسْجُدَ عَلَى سَبْعَةِ أَعْظُمٍ: عَلَى الْجَبْهَةِ وَأَشَارَ بِيَدِهِ عَلَى أَنْفِهِ، وَالْيَدَيْنِ، وَالرُّكْبَتَيْنِ، وَأَطْرَافِ الْقَدَمَيْنِ، وَلَا نَكْفِتَ الثِّيَابَ وَالشَّعَرَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार छन्: १) निधार, यो नाक र आँखामाथि अनुहारको भाग हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुहारको नाम लिने क्रममा हातले नाकतिर इशारा गरेर निधार र नाक एउटै अंग हो र यो सातमध्ये एक हो र सज्दा गर्नेले नाक भुइँमा राख्नुपर्छ भनी बताउनुभयो । २) र ३) दुवै हात । ४) र ५) दुवै घुँडा । ६) र ७) दुवै खुट्टाका औंलाहरू । उहाँले हामीलाई सज्दा गर्दा आफ्नो कपाल र कपडालाई बचाउनको लागि बाँध्न वा जम्मा नगर्न आदेश पनि दिनुभयो, बरु, हामीलाई कपाल र कपडालाई जुन अवस्थामा छ त्यही अवस्थामा छोड्न आदेश दिनुभयो ताकि सज्दा गर्दा ती अङ्गहरूसँगै जमिनमा परून्।

शब्दको अर्थ

ولا نَكْفِت: الكَفت: الجَمع والضَّم.

हदीसका केही फाइदाहरू

नमाज पढ्दा सात अंगहरूमा सज्दा गर्नु अनिवार्य छ ।

नमाज पढ्ने अवस्थामा कपडा र कपाल बाँध्न वा जम्मा गर्न निषेध गरिएको छ ।

नमाज पढ्ने व्यक्तिले नमाजमा शान्ति र स्थिरता कायम राख्नुपर्छ। यसका लागि, नमाज पढ्ने व्यक्तिले सज्दाका सातवटा अङ्गहरूलाई जमिनमा स्थिर राख्नुपर्छ र तोकिएको प्रमाणित जिक्र र दुआलाई शान्तिपूर्वक पढ्नुपर्छ।

कपाल बाँध्न निषेध गर्ने नियम पुरुषहरूका लागि मात्र लागू हुन्छ, महिलाहरूका लागि होइन। किनकि महिलाहरूलाई नमाजमा आफूलाई ढाक्न आदेश दिइएको छ।

श्रोतहरू

सही बुखारी (1/ 162) (812).

सही मुस्लिम (1/ 354) (490).

थप (12)

المنهاج شرح صحيح مسلم.

للنووي (4/ 206).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (2/ 718).

سبل السلام شرح بلوغ المرام.

للصنعاني (1/ 270).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (2/ 229).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (2/ 115).

منار القاري.

لحمزة قاسم (2/ 202).