Skip to content

"दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो :

"दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"

«الصَّلَوَاتُ الْخَمْسُ، وَالْجُمُعَةُ إِلَى الْجُمُعَةِ، وَرَمَضَانُ إِلَى رَمَضَانَ، مُكَفِّرَاتٌ مَا بَيْنَهُنَّ إِذَا اجْتَنَبَ الْكَبَائِرَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच अनिवार्य नमाज, हप्तामा एक पटक शुक्रबारको नमाज र वर्षमा रमजान महिनाको उपवासले सानातिना पापहरू मेटिने बताउनुभएको छ । तर यसका लागि शर्त छ कि ठूला-ठूला पापहरूबाट बच्नुपर्नेछ । ठूला पापहरू, जस्तै व्यभिचार र रक्सी सेवन आदि "तौबा" (पश्चात्ताप) नगरीकन क्षमा हुँदैनन् ।

शब्दको अर्थ

مكفرات: ماحيات.

हदीसका केही फाइदाहरू

कतिपय पापहरू साना हुन्छन् र कतिपय ठूला हुन्छन् ।

ठूला पापहरूबाट बच्न सके मात्र साना पापहरू क्षमा हुन्छन् ।

ठूलो पाप भन्नाले ती पापहरूलाई जनाउँछ, जसको लागि यस संसारमा सजाय तोकिएको छ वा (जसको परिणाम को रूपमा ) परलोकमा यातना भोग्न, वा अल्लाहको क्रोध को चेतावनी दिइएको छ वा जे (पाप) गर्नेवाला लाई धम्की वा श्राप दिइएको छ, जस्तै मद्यपान र व्यभिचार आदि जस्ता कुकर्महरु ।

श्रोतहरू

सही मुस्लिम (1/ 209) (233).

थप (8)

شرح رياض الصالحين.

لابن عثيمين (2/ 183).

نزهة المتقين بشرح رياض الصالحين.

لمصطفى سعيد الخن (1/ 158).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص108).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم بن عيد الهلالي (1/ 209).