Skip to content

"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें :

"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"

«مَنْ لَقِيَ اللهَ لَا يُشْرِكُ بِهِ شَيْئًا دَخَلَ الْجَنَّةَ، وَمَنْ لَقِيَهُ يُشْرِكُ بِهِ دَخَلَ النَّارَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, उसको गन्तव्य स्वर्ग हुनेछ, यद्यपि कुनै पापको कारणले उसलाई केही यातनाहरू भोग्न परोस् । त्यसैगरी अल्लाहसँग कसैलाई साझेदार गरेको अवस्थामा मर्ने व्यक्ति सधैं नरकमा रहनेछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीस बाट "तौहीद" (एकेश्वरवाद) को सद्गुण र यसले नरकमा अनन्त रहनबाट मुक्त गर्नेछ भन्ने कुरो थाहा हुन्छ।

स्वर्ग र नर्क दुवै व्यक्ति नजिकै छन् । व्यक्ति र स्वर्ग र नर्कको बीचमा मात्र मृत्युको बाधा छ ।

यस हदीसमा ठूला वा साना सबै प्रकारका शिर्कहरू विरुद्ध चेतावनी दिइएको छ, किनकि नर्क बाट मुक्तिको लागि शिर्कबाट बच्न आवश्यक छ ।

कर्महरूको सार अन्तिम कर्मामा नै निर्भर छ ।

श्रोतहरू

सही मुस्लिम (1/ 94) (93).

थप (4)

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص49).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص60).