Skip to content

"मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।"

षौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।" अबू किलाबाले भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाटै सुरु गर्नुभयो। त्यसपछि अबू किलाबाले भन्नुभयो: त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले आफ्ना साना बच्चाहरूमाथि खर्च गर्छ, जसद्वारा अल्लाहले तिनीहरूलाई अरूबाट माग्नबाट बनाउनुहुन्छ, तिनीहरूलाई लाभ पुऱ्याउनुहुन्छ र सम्पन्न बनाउनुहुन्छ।

«أَفْضَلُ دِينَارٍ يُنْفِقُهُ الرَّجُلُ، دِينَارٌ يُنْفِقُهُ عَلَى عِيَالِهِ، وَدِينَارٌ يُنْفِقُهُ الرَّجُلُ عَلَى دَابَّتِهِ فِي سَبِيلِ اللهِ، وَدِينَارٌ يُنْفِقُهُ عَلَى أَصْحَابِهِ فِي سَبِيلِ اللهِ» قَالَ أَبُو قِلَابَةَ: وَبَدَأَ بِالْعِيَالِ، ثُمَّ قَالَ أَبُو قِلَابَةَ: وَأَيُّ رَجُلٍ أَعْظَمُ أَجْرًا مِنْ رَجُلٍ يُنْفِقُ عَلَى عِيَالٍ صِغَارٍ، يُعِفُّهُمْ أَوْ يَنْفَعُهُمُ اللهُ بِهِ وَيُغْنِيهِمْ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्च गर्ने विभिन्न रूपहरू स्पष्ट रूपमा व्याख्या गर्नुभयो, र खर्चका स्थानहरू धेरै भए र तिनीहरूबीच प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएमा, सर्वप्रथम अनिवार्य र अत्यन्त महत्वपूर्ण स्थानबाट नै सुरु गर्नुपर्छ भनेर क्रम निर्देशित गर्नुभयो, अर्थात्, पहिले सबैभन्दा महत्वपूर्ण कार्यमा, तत्पश्चात् त्यसपछि आउने महत्त्वपूर्ण कार्यहरूमा खर्च गर्नुपर्छ; त्यसैले उहाँले बताउनुभयो कि सबैभन्दा बढी प्रतिफल प्राप्त हुने धन त्यही हो, जुन एक मुस्लिमले ती व्यक्तिहरूमाथि खर्च गर्छ जसमाथि खर्च गर्नु उसको लागि अनिवार्य छ, जस्तै: पत्नी र सन्तानहरू। त्यसपछि, अल्लाहको मार्गमा युद्धका लागि तयार पारिएको सवारीमाथि खर्च गर्नु, त्यसपछि अल्लाहको मार्गमा लडिरहेका आफ्ना साथीहरू र सहयात्रीहरूमाथि खर्च गर्नु।

हदीसका केही फाइदाहरू

यस हदीसमा खर्च (नफ़क़ा) लाई प्राथमिकताको आधारमा क्रमबद्ध गर्ने तरीका वर्णन गरिएको छ। अर्थात्, जब विभिन्न स्थानहरूमा खर्च गर्ने आवश्यकता एकैसाथ देखा पर्छ, तब पहिले उच्च दर्जाको र बढी योग्य स्थानलाई प्राथमिकता दिनु आवश्यक हुन्छ। खर्चका विकल्पहरू एकैसाथ आइलागेको अवस्थामा यसै अनुसार ध्यानपूर्वक खर्च गर्नुपर्छ।

आफ्नो घर-परिवारमा खर्च गर्नु अरूका लागि खर्च गर्नुभन्दा धेरै पुण्यदायी हुन्छ।

अल्लाहको निम्ति जिहादको मार्गमा खर्च गर्नु सबैभन्दा उच्च र श्रेष्ठ खर्च मानिन्छ । यसमा जिहादका लागि आवश्यक हतियारको व्यवस्था गर्नु, मुजाहिदहरूलाई तयारी गराउनु र उनीहरूको सहयोगका लागि आवश्यक सामग्री उपलब्ध गराउनु आदि समावेश हुन्छन्।

केही विद्वानहरूको भनाइअनुसार अल्लाहको मार्गमा संघर्ष अन्तर्गत हजआदीजस्ता सम्पूर्ण आज्ञाकारिताका कार्यहरू पर्छन्।

श्रोतहरू

सही मुस्लिम (2/ 691) (994).

थप (8)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (5/ 315).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 156).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 291).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 374).