Skip to content

निःसन्देह त्यो व्यक्ति सफल भयो जसले इस्लाम स्वीकार गर्‍यो, आवश्यकता अनुसारको जीविका प्राप्त गर्‍यो, र अल्लाहले उसलाई जे-जति प्रदान गर्नुभयो, त्यसमै उसलाई सन्तुष्ट बनाइदिनुभयो।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"निःसन्देह, त्यो व्यक्ति सफल भयो, जसले इस्लाम स्वीकार गर्‍यो, जसलाई आवश्यकता अनुसार पर्याप्त जीविका प्रदान गरियो र अल्लाहले उसलाई जे-जति प्रदान गर्नुभएको छ, त्यसमा नै उसलाई सन्तुष्ट बनाइदिनुभयो।"

«قَدْ أَفْلَحَ مَن أَسْلَمَ، وَرُزِقَ كَفَافًا، وَقَنَّعَهُ اللَّهُ بما آتَاهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि त्यो व्यक्ति सफल र विजयी भयो, जसले आफ्नो पालनकर्ताप्रति आफूलाई समर्पण गर्यो, जसले इस्लामको मार्गदर्शन प्राप्त गर्‍यो, जसले आवश्यकता अनुसार न बढी न घटी हलाल (वैध) जीविका प्राप्त गर्‍यो, र जसलाई अल्लाहले जे दिनुभयो त्यसैमा सन्तुष्ट र प्रसन्न बनाउनुभयो।

हदीसका केही फाइदाहरू

व्यक्तिको खुसी र सम्पन्नता उसको धर्मको परिपूर्णता, पर्याप्त जीविका तथा अल्लाहले प्रदान गर्नुभएको कुरामा सन्तुष्ट हुनुमा छ।

यसमा इस्लाम र सुन्नतको पालनाका साथसाथै, सांसारिक वस्तुबाट जे जति प्राप्त भएको छ, त्यसमै सन्तुष्ट हुन प्रोत्साहित गरिएको छ।

श्रोतहरू

सही मुस्लिम (2/ 730) (1054).

थप (6)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 447).

فيض القدير شرح الجامع الصغير.

للمناوي (4/ 508).

تحفة الأحوذي بشرح جامع الترمذي.

لأبي العلا المباركفوري (7/ 11).