Skip to content

"सात घातक कुराहरूबाट सावधान रहनुहोस्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"

«اجْتَنِبُوا السَّبْعَ الْمُوبِقَاتِ»، قَالُوا: يَا رَسُولَ اللهِ وَمَا هُنَّ؟ قَالَ: «الشِّرْكُ بِاللهِ، وَالسِّحْرُ، وَقَتْلُ النَّفْسِ الَّتِي حَرَّمَ اللهُ إِلَّا بِالْحَقِّ، وَأَكْلُ الرِّبَا، وَأَكْلُ مَالِ الْيَتِيمِ، وَالتَّوَلِّي يَوْمَ الزَّحْفِ، وَقَذْفُ الْمُحْصَنَاتِ الْمُؤْمِنَاتِ الْغَافِلَاتِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई सात विनाशकारी अपराध र पापहरूबाट बाँच्न आदेश दिनुभएको छ। जब उहाँसँग यी सात पापहरू के हुन् भनेर सोधियो, तब उहाँले भन्नुभयो: १) शिर्क गर्नु, अर्थात् अल्लाहको समान र तुल्य ठहर गर्नु वा गैरुल्लाह (अल्लाह बाहेक) को उपासना गर्नु । शिर्क (बहुदेववाद) सबैभन्दा ठूलो पाप भएकोले पहिले नम्बरमा उल्लेख गरिएको छ । २) जादू गर्नु । जादु भन्नाले धागो आदिमा गाँठो बाँधेर मन्त्र जप्नु, औषधि र धुवाँ जस्ता पदार्थको प्रयोग गर्नु, जसले मोहित व्यक्तिलाई कित बिरामी बनाउँछ कित उसको ज्यान लिन्छ, वा पति-पत्नी बीचको सम्बन्धलाई विच्छेद गर्दछ । वास्तवमा यो एक दुष्ट कार्य र शैतानी काम हो । जादुमा प्रायजसो शिर्क वा दुष्ट आत्माहरूलाई खुशी पार्ने हराम कार्यहरू गर्नुपर्छ । ३) अल्लाहले हत्या गर्न निषेध गर्नुभएको व्यक्तिको हत्या गर्नु, तर शरीयतले कसैलाई मृत्युदण्डको सजाय दिन्छ भने त्यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी शासकको हो । ४) ब्याज लिने वा दिने, चाहे त्यो खाइयोस् वा अन्य तरिकाले उपभोग गरियोस् । ५) वयस्कको उमेर नपुगी बाबुको मृत्यु भएको नाबालक बच्चा (अनाथ) को सम्पत्ति हडप्नु । ६) काफिरहरूसँग लड्दा युद्धको मैदानबाट फर्केर भाग्नु । ७) पवित्र महिलाहरू माथि व्यभिचारको झूटो आरोप लगाउने । त्यस्तै पुरुषहरू माथि पनि व्यभिचारको आरोप लगाउने ।

शब्दको अर्थ

....:

हदीसका केही फाइदाहरू

ठूला पापहरू सातवटा मात्र होइनन्, यी सात पापहरू बढी खतरनाक रहेकोले विशेष गरी उल्लेख गरिएको छ ।

किसास (ज्यानको बदलामा ज्यान), मुर्तद (इस्लाम परित्यागी) र विवाहित व्यक्ति व्यभिचारमा लिप्त छ भने ज्यान लिने अनुमति छ । तर यो शरिया शासक द्वारा गरिनेछ ।

श्रोतहरू

सही बुखारी (4/ 10) (2766).

सही मुस्लिम (1/ 92) (89).

थप (3)

شرح صحيح البخارى لابن بطال (8/ 489).

الملخص في شرح كتاب التوحيد.

للشيخ صالح الفوزان (ص201).