"धर्म भनेको निष्ठा हो
अबु रुकय्या तमिम बिन औस अद-दारी (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसको लागि ?" उहाँले उत्तर दिनुभयो, "अल्लाहप्रति, उहाँको किताबप्रति, उहाँका रसूलप्रति, मुस्लिम शासकहरू प्रति र सम्पूर्ण मुस्लिमहरूप्रति।"
«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «لِلهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, धर्म इख्लास (शुद्ध निष्ठा) र सत्यतामा आधारित छ त्यसैले यसलाई अल्लाहले तोके अनुसार पूर्ण रूपले कुनै कमी वा छलकपट नगरी पालन गर्नुपर्छ। भलाई र निष्ठा कसप्रति हुन्छ भनेर सोधिएको प्रसंगमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस कुरालाई स्पष्ट गर्दै भन्नु भयो : १) अल्लाह प्रति निष्ठा : अल्लाहप्रति निष्ठा भन्नाले उहाँको सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले निष्कपट र विशुद्ध रूपमा उहाँको उपासना गर्नु, उहाँसँग कसैलाई साझेदार नठहर्याउनु, उहाँको प्रभुत्व, पूजनीयता र उहाँको नाम र गुणहरूमा आस्था राख्नु, उहाँका आदेशहरूको आदर गर्नु, साथै, उहाँमाथि अटल विश्वास कायम राख्ने र अरूलाई पनि उहाँमाथि आस्था राख्न आह्वान गर्नु हो। २) पवित्र कुर्आन प्रति निष्ठा: यसको अर्थ कुर्आन अल्लाहको वचन (कलाम) हो भन्ने कुरामा दृढ विश्वास गर्नु हो। यो अन्तिम धार्मिक ग्रन्थ हो जुन अल्लाहले पठाउनु भएको हो र यसले अघिल्ला सबै धार्मिक कानूनहरूलाई खारेज गरेको छ भन्ने कुरामा विश्वास गर्नु हो, साथै यस पवित्र ग्रन्थको सम्मान गर्नु, यसलाई ध्यानपूर्वक पढ्नु, यसका मुहकम (सुस्पष्ट) श्लोकहरूको पालना गर्नु र मुताशबिह (अनेकार्थी) श्लोकहरूलाई पनि स्वीकार गर्नु निष्ठाको महत्वपूर्ण पक्ष हो। कुर्आनको अर्थलाई तोडमोड गर्ने वा गलत व्याख्या गर्नेहरूको खण्डन गर्नु पनि आवश्यक छ। यसबाट ज्ञान प्राप्त गर्नु, यसका शिक्षालाई सबैतिर फैलाउनु र मानिसहरूलाई यसलाई स्वीकार गर्न प्रोत्साहित गर्नु हरेक विश्वासीको कर्तव्य हो। ३) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) प्रति निष्ठा : उहाँ प्रति निष्ठा भनेको उहाँ अन्तिम सन्देशवाहक हुनुहुन्छ भन्ने तथ्यमा विश्वास गर्नु, उहाँले ल्याउनुभएको शिक्षालाई सत्य मान्नु, उहाँका आदेशहरूको पालना गर्नु, उहाँले निषेध गरेका कुराबाट टाढा रहनु, उहाँले निर्धारित गरेको विधिअनुसार मात्र अल्लाहको उपासना गर्नु हो । साथै, उहाँको अधिकारको सम्मान र उहाँको आदर कदर गर्नु, उहाँको सन्देशलाई विश्वव्यापी रूपमा फैलाउनु, उहाँको "शरिया"को प्रचारप्रसार गर्नु र उहाँमाथि लगाइएका झूटा आरोपहरूको खण्डन गर्नु पनि निष्ठाको अभिन्न पक्ष हो। ४) मुस्लिम शासकहरूप्रति सद्भाव : यसको अर्थ, शासकहरूलाई सत्य र उचित कार्यमा सहयोग गर्नु, उनीहरू विरुद्ध विद्रोह नगर्नु र जबसम्म उनीहरू अल्लाहका आदेश तथा उहाँको शरीअतका सिद्धान्तअनुसार कार्यरत रहन्छन्, तबसम्म उनीहरूको आदेश पालन गर्नु तथा आज्ञा मान्नु हो। ५) आम मुस्लिमहरूप्रति सद्भाव (भलाई): यसको अर्थ मुस्लिमहरूसँग राम्रो व्यवहार गर्नु, उनीहरूलाई सत्कर्मका लागि प्रेरित गर्नु, कठिनाइ पर्दा सहायता गर्नु, उनीहरूको कल्याणको कामना गर्नु र पुण्यकर्म तथा धार्मिक कर्तव्यमा सहयोग पुर्याउनु हो।
यस हदीसमा सबैप्रति निष्ठा राख्न, सद्भाव र भलाई गर्न आदेश दिइएको छ ।
इस्लाम धर्ममा निष्ठा, परोपकार, सद्भाव र भलाई को ठूलो स्थान छ ।
धर्म भनेको आस्था, वचन र कर्ममा आधारित हुन्छ।
परोपकार र नसीहत गर्दा आफूलाई छल इत्यादिबाट शुद्ध पार्नुपर्छ र साथै कल्याणको मनसाय हुनुपर्दछ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सिकाउने विशेष तरिका भनेको पहिले कुनै कुरालाई संक्षिप्त रूपमा बयान गर्नु र त्यसपछि व्याख्या गर्नु हो ।
कुनै कुराको वर्णन गर्दा तिनको महत्वलाई ध्यानमा राखेर सबैभन्दा महत्त्वपूर्णबाट सुरुवात गर्नुपर्छ । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले अल्लाहका बारेमा नसीहत गर्नुभयो, त्यसपछि अल्लाहको पुस्तकको नसीहत, त्यसपछि अल्लाहको दूतको नसीहत, त्यसपछि मुस्लिम शासकहरूको लागी सद्भाव र त्यसपछि आम मुस्लिमहरूको सद्भावको नसीहत गर्नुभयो ।
सही मुस्लिम (1/ 74) (55).
थप (4)
التحفة الربانية في شرح الأربعين حديثا النووية (ص21).
شرح الأربعين النووية.
لابن عثيمين (ص115).
شرح النووي على مسلم (2/ 37).
Cited in books
11 Booksथप (11)
- الحديث زاد 4الحديث 4«الدِّينُ النَّصِيحَةُ» قُلْنا: لِمَنْ؟ قال: «لِلَّهِ وَلِكِتابِهِ وَلِرسولِهِ وَلِأَئِمَّةِ المُسْلِمِينَ وَعامَّتِهِمْ».
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «لِلَّهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلأَِئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ» [99]
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«الدِّينُ النَّصِيحَةُ»، قُلْنَا: لِمَنْ ؟ قَالَ: «لله وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلأئمَّةِ المُسْلِمِينَ وَعَامَّتِهِمْ».
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثالثة«الدِّينُ النَّصِيحَةُ» قلنا: لمن؟ قال: «لِلَّهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ» [106].
- مجموعة زاد التربية الإسلامية (1)، والسيرة النبوبة (1)، والعقيدة (1)، والفقه (1)التربية الأسلامية 1«الدِّينُ النّصِيحةُ»، قُلْنا: لِمنْ؟ قال:«لِلّهِ ولِكِتابِهِ ولِرسُولِهِ ولِأئِمّةِ الْمُسْلِمِين وعامّتِهِمْ»
- مجموعة زاد التربية الإسلامية (1)، والسيرة النبوبة (1)، والعقيدة (1)، والفقه (1)التربية الأسلامية 1«الدِّينُ النّصِيحةُ»، قُلْنا: لِمنْ؟ قال: «لِلّهِ ولِكِتابِهِ ولِرسُولِهِ ولِأئِمّةِ الْمُسْلِمِين وعامّتِهِمْ»
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «الدِّينُ النَّصِيحَةُ»، قلنا: «لمن؟»، قال: «ﷲِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ»
- مشروع منهاج زادكزادك 2 طالب نهائي«الدِّينُ النَّصِيحَةُ». قُلْنَا: لِمَنْ؟ قَالَ: «للهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ»
- نبراس طالب (1)1«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «لِلهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ»
- نبراس طالب (1)1«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «لِله وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ»
- نبراس طالب (3)نبراس طالب 3«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «للهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ»