हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
بَايَعْنَا رسولَ اللهِ صلى الله عليه وسلم على السَّمْعِ وَالطَّاعَةِ فِي الْعُسْرِ وَالْيُسْرِ، وَالْمَنْشَطِ وَالْمَكْرَهِ، وعلى أَثَرَةٍ علينا، وعلى أَلَّا نُنَازِعَ الْأَمْرَ أهلَه، وعلى أَنْ نَقُولَ بِالْحَقِّ أينما كُنَّا، لا نَخَافُ في الله لَوْمَةَ لَائِمٍ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूसँग यो वाचा गर्नुभयो कि उनीहरूले शासनसत्तामा रहेका हाकिमहरूको हरेक अवस्थामा—चाहे सजिलो होस् या कठिन, सम्पन्नता होस् या अभावमा—(इस्लामको) आज्ञा मान्नेछन्। चाहे आदेश मनपरेको होस् या अप्रिय, सहाबाहरूले यसलाई पालना गर्नेछौं भनी प्रतिबद्धता जनाए। उहाँले यो पनि सिखाउनुभयो कि अन्याय भए तापनि विद्रोह नगर्ने किनभने यस्तो कदमले अझै ठूलो फसाद ल्याउँछ। सहाबाहरूले यो पनि वाचा गरे कि उनीहरू हरेक अवस्थामा सत्य बोल्नेछन्, केवल अल्लाहको लागि, र सत्य बोल्दा कसैको डर राख्ने छैनन्।
...:
हाकिमहरूको अनुसरणको फाइदा भनेको मुस्लिमहरूलाई एकताबद्ध गर्नु र विभाजन हुनबाट जोगाउनु हो ।
हाकिमहरूको कुरा सुन्न र पालन गर्न अनिवार्य छ, जबसम्म तिनीहरूले अल्लाहको अवज्ञा गर्न आदेश दिँदैनन्, सजिलो र कठिन परिस्थितिमा, सुख र दु:खमा र हामीमाथि अरुलाई प्राथमिकता दिए पनि ।
हामी जहाँ भए पनि कसैको आलोचनाको चिन्ता नगरी सत्य बोल्नु अनिवार्य छ ।
सही बुखारी (9/ 47) (7055-7056).
(9/ 77) (7199.
7200).
सही मुस्लिम (3/ 1470) (1709).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 277).
رياض الصالحين.
للنووي (ص83) (186).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 419).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 202).