Skip to content

“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”

«إِذَا مَاتَ الْإِنْسَانُ انْقَطَعَ عَنْهُ عَمَلُهُ إِلَّا مِنْ ثَلَاثَةٍ: إِلَّا مِنْ صَدَقَةٍ جَارِيَةٍ، أَوْ عِلْمٍ يُنْتَفَعُ بِهِ، أَوْ وَلَدٍ صَالِحٍ يَدْعُو لَهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि मृत व्यक्तिको कर्म उसको मृत्युसँगै समाप्त हुन्छ, त्यसैले उसले मृत्युपछि यी तीन चीजहरू बाहेक अरूबाट पुण्य प्राप्त गर्नेछैन; किनकि ती तीन कुराहरू वास्तवमा उसैले गरेको थियो: पहिलो: यस्तो दान (सदका), जसको पुण्य निरन्तर र स्थायी रूपमा प्राप्त भइरहन्छ र जसको क्रम कहिल्यै टुट्दैन। उदाहरणका लागि: वक्फ (धर्मार्थ गुठी), मस्जिद निर्माण, पिउने पानीका लागि इनार खन्ने तथा अन्य जनहितकारी कार्यहरू। दोस्रो: यस्तो लाभदायी ज्ञान, जसबाट मानिसहरू निरन्तर लाभान्वित भइरहन्छन्। जस्तै: ज्ञानका पुस्तकहरूको लेखन, शिक्षण वा ज्ञानको प्रसार, जुन उक्त व्यक्तिको मृत्युपश्चात् पनि समाजमा फैलिइरहन्छ। तेस्रो: यस्तो सदाचारी र आस्थावान् सन्तान, जसले आफ्ना मातापिताको मृत्यु पछि पनि उहाँहरूका लागि अल्लाहसँग प्रार्थना (दुआ) गरिरहन्छ।

हदीसका केही फाइदाहरू

मानिसले मृत्यु पश्चात् पनि प्राप्त गर्ने पुण्य—निरन्तर दान (सदकह जारिया), लाभकारी ज्ञान र दुआ (प्रार्थना)—का विषयमा विद्वानहरूबीच सर्वसम्मति रहेको छ। साथै, केही अन्य हदीसहरूमा हज पनि यसमा समावेश भएको उल्लेख पाइन्छ।

यस हदीसमा यी तीन कुरालाई विशेष रूपमा उल्लेख गर्नुको कारण यो हो कि यिनीहरू भलाइका मूल स्रोत हुन्, र धेरैजसो असल व्यक्तिहरूले प्रायः आफूपछि यिनै कुराहरूको निरन्तरता र स्थायित्वको कामना गर्दछन्।

जुनसुकै लाभदायक ज्ञान, जसबाट मानिसहरूले लाभ प्राप्त गर्छन्, त्यसको पुण्य मृतकलाई निरन्तर प्राप्त भइरहन्छ। तथापि, यी सबैमा सर्वोत्कृष्ट स्थान भनेको ‘शरीअत’ को ज्ञान र त्यसका सहायक सिद्ध हुने अन्य विद्याहरूको रहेको छ।

यी तीनमध्ये ज्ञान नै सर्वाधिक लाभदायक हुन्छ। किनकि ज्ञान आर्जन गर्ने व्यक्ति स्वयं यसबाट लाभान्वित हुन्छ, यसद्वारा नै शरीअतको संरक्षण हुन्छ र यसले समस्त सृष्टिलाई सामान्य रूपमा फाइदा पुर्‍याउँछ। यो अत्यन्त व्यापक र सर्वव्यापी हुन्छ; किनकि जीवनकालमा होस् वा मृत्युपश्चात्, यसबाट निरन्तर शिक्षा र मार्गदर्शन प्राप्त भइरहन्छ।

आफ्नो सन्तानलाई आस्थावान् बनाउन प्रोत्साहन गरिएको छ; किनभने तिनीहरूले नै आमाबुवाको मृत्युपश्चात् उहाँहरूलाई लाभ पुर्‍याउने छन्, जस्तै: उहाँहरूका लागि दुआ (प्रार्थना) गर्नु आदि।

आमाबुवाको मृत्युपश्चात् पनि उनीहरूप्रति राम्रो व्यवहार (भलाई) जारी राख्न प्रेरित गरिएको छ। यो एक विशिष्ट पुण्य हो, जसबाट सन्तान पनि लाभान्वित हुन्छन्।

सन्तानबाहेक अन्य व्यक्तिहरूले पनि दुआ गरेमा मृतकलाई लाभ पुग्छ; तर विशेष रूपमा सन्तानको उल्लेख यस कारण गरिएको हो कि सन्तान स्वयं जीवित रहुञ्जेल आमाबुवाका लागि निरन्तर दुआ गरिरहन्छ र अरूले त्यसो गर्दैनन्।

श्रोतहरू

सही मुस्लिम (3/ 1255) (1631).

थप (1)

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (28/ 413).