"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
«إِنَّ اللهَ لَا يَنْظُرُ إِلَى صُوَرِكُمْ وَأَمْوَالِكُمْ، وَلَكِنْ يَنْظُرُ إِلَى قُلُوبِكُمْ وَأَعْمَالِكُمْ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले मानिसहरुको रूप, रंग र शरीरको आकारलाई अथवा तिनीहरू सुन्दर छन् वा कुरूप छन्, स्वस्थ वा बिरामी छन् आदि भनेर हेर्नुहुन्न । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले उनीहरुको धनसम्पत्ति धेरै छ वा थोरै छ भनेर हेर्नुहुन्न ? अल्लाहले यी चीजहरू प्रदान गर्नु हुन्छ र यी चीजहरूमा तिनीहरूको अन्तरको आधारमा हिसाब लिनुहुन्न । यधपी अल्लाहले तिनीहरूको हृदयमा रहेको धार्मिकता, विश्वास, सत्यता, इमानदारीता वा कपट र प्रसिद्धि हुने मनसाय हेर्नुहुन्छ । त्यसैगरी उहाँले तिनीहरूको कार्य सही वा गलत हो भनेर हेर्नुहुन्छ र त्यसको आधारमा इनाम वा दण्ड दिनुहुन्छ ।
हृदयलाई सुधार्ने [आत्मशुद्धि] र सबै खराब गुणहरूबाट शुद्ध पार्न ध्यान दिने ।
इख्लास (ईमानदारीता) ले हृदयको सुधार हुन्छ भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालनाले कर्मको शुद्धता हुन्छ । अल्लाहको नजरमा कर्म स्वीकार्य हुनका लागि यी दुई कुराहरू आवश्यक हुन्छन ।
मानिसले आफ्नो धन, सौन्दर्य, रुप वा यस संसारको कुनै पनि चीजबाट धोका खानु वा बहकनु हुँदैन ।
आन्तरिक सुधारको सट्टा बाहिरी कुरामा ध्यान केन्द्रित नगर्न चेतावनी ।
सही मुस्लिम (2564) (4/ 1986).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 40).
تطريز رياض الصالحين.
لفيصل المبارك (ص14).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 25).
Cited in books
3 Booksथप (3)
- الخطب المنبرية موسوعة الخطب المنبرية (القسم الثاني)«إِنَّ اللَّهَ لَا يَنْظُرُ إِلَىٰ صُوَرِكُمْ وَأَمْوَالِكُمْ، وَلَٰكِنْ يَنْظُرُ إِلَىٰ قُلُوبِكُمْ وَأَعْمَالِكُمْ»
- خطب تعظيم قدر الصلاة"إِنَّ اللهَ لَا يَنْظُرُ إِلَى صُوَرِكُمْ وَأَمْوَالِكُمْ، وَلَكِنْ يَنْظُرُ إِلَى قُلُوبِكُمْ وَأَعْمَالِكُمْ"
- مجموعة زاد التربية الإسلامية (4)التربية الإسلامية 4«إِنَّ الله لا يَنْظُرُ إلى صُوَرِكُمْ وَأَمْوالِكُمْ، وَلَكِنْ يَنْظُرُ إلى قُلُوبِكُمْ وَأَعْمالِكُمْ» وَأَشارَ بِأَصابِعِهِ إلى صَدْرِهِ.