"पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।"
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।"
«أَحَقُّ الشُّرُوطِ أَنْ تُوفُوا بِهِ مَا اسْتَحْلَلْتُمْ بِهِ الْفُرُوجَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पूरा गर्नको लागि सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, किनभने त्यो शर्तले महिलाको गोप्य अंगलाई हलाल (वैध) गरिएको छ । यी पत्नीले विवाह गर्दा राख्ने वैध शर्तहरू हुन् ।
...:
विवाह गर्दा श्रीमान श्रीमतीले राखेका शर्तहरु पुरा गर्नु अनिवार्य हुन्छ । हो! यदि त्यो शर्तले कुनै हलाल चीजलाई हराम वा हरामलाई हलाल बनाउँछ भने, त्यसलाई पूरा गर्नु अनिवार्य छैन ।
निकाहका सर्तहरू पूरा गर्नु अन्य सर्तहरू पूरा गर्नु भन्दा बढी महत्त्वपूर्ण छ, किनभने तिनीहरूद्वारा गुप्ताङ्ग हलाल बनाइन्छ ।
इस्लाममा विवाहको स्थानको चर्चा, किनभने इस्लामले विवाहका सर्तहरू पूरा गर्न जोर दिएको छ ।
सही बुखारी (3/ 190) (2721).
सही मुस्लिम (2/ 1035) (1418).
थप (4)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 63).
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص573).