Skip to content

"नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"

«حُجِبَتِ النَّارُ بِالشَّهَوَاتِ، وَحُجِبَتِ الْجَنَّةُ بِالْمَكَارِهِ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले नरक आत्मालाई प्रलोभनमा पार्ने चीजहरूले घेरिएको भनी बताउनुभाएको छ, जस्तै निषेधित(हराम) कार्यहरू गर्नु र अनिवार्य रुपमा गरिने कर्महरु लाई बेवास्ता गर्नु आदि; त्यसैले, जसले आफ्नो मनलाई कामनाको पछि डोर्‍याउन्छ, त्यो नरकमा जानेछ । त्यस्तै स्वर्ग मन नपर्ने कुराहरूले घेरिएको छ, जस्तै अल्लाहको आदेशलाई कडाईका साथ पालन गर्नु, हराम गतिविधिबाट टाढा रहनु र यसमा अडिग रहँदा आउने हरेक समस्याको सामना गर्नु । जब कसैले आफूलाई यी कुराहरू गर्न बाध्य पार्छ, र आफ्नै आकाङ्क्षाविरुद्ध संघर्ष गर्छ भने, ऊ स्वर्गको हकदार बन्दछ ।

शब्दको अर्थ

حُجبت: حُفت وأُحيطت.

हदीसका केही फाइदाहरू

मनोवाञ्छा तथा आकांक्षामा पर्नुको एउटा कारण के हो भने शैतानले खराब र गलत कामलाई सुन्दर ढंगले प्रस्तुत गर्छ, अनि हृदयले त्यसलाई राम्रो ठान्छ र त्यसैतिर लहसिन्छ ।

यस हदीसमा अवैध इच्छाहरूदेखि टाढा बस्ने आदेश छ किनकि यो ( इच्छा वासना पछ्याउनु ) नर्क जाने बाटो हो । र अप्रिय1 कर्महरूलाई सहन गर्न प्रोत्साहन दिईएको छ ; किनकि यो स्वर्गको बाटो हो ।

यस हदीसमा आत्मसंयम गर्ने, राम्ररी उपासना गर्ने र सत्कर्म गर्दा उत्पन्न हुने कष्ट हरु सहन गर्ने प्रेरणा छ ।

श्रोतहरू

सही बुखारी (8/ 102) (6487).

सही मुस्लिम (4/ 2174) (2822).

सुनन अबी दाउद (7/ 122) (4744).

सुनन् तिर्मिजी (4/ 274) (2560).

सुनन् निसाई (7/ 3) (3763).

थप (10)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (2/ 449).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 87).

المنهاج شرح صحيح مسلم بن الحجاج.

للنووي (17/ 165).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 183).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (1/ 134).