Skip to content

“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"

«لَا تَحَاسَدُوا، وَلَا تَنَاجَشُوا، وَلَا تَبَاغَضُوا، وَلَا تَدَابَرُوا، وَلَا يَبِعْ بَعْضُكُمْ عَلَى بَيْعِ بَعْضٍ، وَكُونُوا عِبَادَ اللهِ إِخْوَانًا الْمُسْلِمُ أَخُو الْمُسْلِمِ، لَا يَظْلِمُهُ وَلَا يَخْذُلُهُ، وَلَا يَحْقِرُهُ التَّقْوَى هَاهُنَا» وَيُشِيرُ إِلَى صَدْرِهِ ثَلَاثَ مَرَّاتٍ «بِحَسْبِ امْرِئٍ مِنَ الشَّرِّ أَنْ يَحْقِرَ أَخَاهُ الْمُسْلِمَ، كُلُّ الْمُسْلِمِ عَلَى الْمُسْلِمِ حَرَامٌ، دَمُهُ، وَمَالُهُ، وَعِرْضُهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमलाई उसको मुस्लिम भाइसँग भलाइ गर्ने सल्लाह दिनुभएको छ र उसप्रति केही जिम्मेवारीहरू र शिष्टाचारहरू स्पष्ट गर्नुभएको छ। उदाहरणका लागि: पहिलो सल्लाह: एकअर्काप्रति ईर्ष्या नगर्नुहोस्, अर्थात् एकअर्काको उपलब्धि वा वरदान गुम्ने चाहना वा भावना नराख्नुहोस्। दोश्रो सल्लाह: यदि कसैले केही किन्ने योजना बनाएको छैन भने, बेच्ने व्यक्तिको नाफा बढाउन वा किन्नेलाई नोक्सान पुर्‍याउनको लागि मूल्य नबढाओस्। तेश्रो सल्लाह: एकअर्काप्रति घृणा नराख्नुहोस्। घृणा भन्नाले कसैलाई हानि पुर्‍याउने सोच राख्नु हो। घृणा प्रेमको विपरीत हो। तर, अल्लाहको मार्गमा घृणा राख्नु भने यसमा समावेश छैन; अल्लाहको लागि घृणा राख्नु आवश्यक छ। चौथो सल्लाह: एकअर्काप्रति पिठ्यूँ नफर्काउनहोस् जसले गर्दा हरेकले आफ्नो मुस्लिम भाईलाई नजरअन्दाज गरोस् वा टाढा बसोस्। पाँचौं सल्लाह: तपाईंमध्ये कसैले पनि अर्को व्यक्तिको बिक्रीमा छलकपट नगर्नुहोस्, जस्तो कि खरिदकर्तालाई भन्नु — “मेरो यहाँ यस्तै सामान छ, तर कम मूल्यमा वा गुणस्तरीय राम्रो छ।” त्यसपछि, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा समग्र सल्लाह दिनुभयो र भन्नुभयो: “तपाईंहरू भाइझैं हुनुहोस् — माथि उल्लेखित निषेधहरू कार्यहरु त्यागेर, माया, कोमलता, करुणा, मिलनसारिता र भलाइमा सहयोग प्रदर्शन गरेर, हृदय सफा राख्दै र हरेक अवस्थामा सल्लाह दिँदै रहनुहोस्।” यस भाइचाराका आवश्यक तत्वहरू मध्ये छन्: उसले आफ्नो मुस्लिम भाइमाथि अन्याय नगरोस् र उसलाई हानी नपुर्‍याओस्। आफ्नो मुस्लिम भाई अन्यायमा परेको अवस्थामा त्यहाँ उसलाई छोडेर नजाओस् जहाँ उसले उसको पक्ष लिन सक्थ्यो र अन्याय हटाउन सक्थ्यो। उसले आफ्नो मुस्लिम भाइलाई तुच्छ ठान्दैन, उसको अपमान गर्दैन र अवहेलना गर्दैन वा घृणाको नजरले हेर्दैन; यस्तो नकारात्मक व्यवहार हृदयमा अहंकारको परिणाम हुनेगर्दछ। यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन पटक भन्नुभयो ईशभय (ताक्वा) हृदयमा हुन्छ। जसको हृदयमा तक्वा हुन्छ र राम्रो चरित्रको पालन गर्दै अल्लाहको भय तथा उसको सतर्कता आवश्यक ठान्छ भने उसले कुनै मुस्लिमलाई तुच्छ ठान्न सक्दैन। कुनै व्यक्तिको खराब वा नराम्रो चरित्र हुनुको लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठान्छ, जुन हृदयमा रहेको अहंकार र घमण्डको परिणाम हो। तत्पश्चात्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले बताइएको कुरा पुनः पुष्टि गर्नुभयो कि प्रत्येक मुस्लिम माथि अर्को मुस्लिमका निम्न कुरा हराम (वर्जित) छन: उसको रगत: उसमाथि आक्रमण गर्नु, हत्या गर्नु वा ज्यानमाथिको अन्य हानिकारक कार्य जस्तै घाउ चोट पुर्‍याउनु वा हिर्काउनु। उसको सम्पत्ति: उसको अधिकार विपरीत वा अनाहक कुनै कुरा लिनु। उसको इज्जत: उसको व्यक्तित्व वा वंशजगतप्रति अपमानजनक वा अशोभनीय भाषा प्रयोग गर्नु।

हदीसका केही फाइदाहरू

ईमानी भाइचाराले जस–जस कुराको माग गर्छ, ती सबै गर्न आदेश र जस–जस कुराले त्यसको विरोध गर्छ — ती कुराहरू (बोली वा काम दुवै) बाट रोकिन आदेश ।

ईशभय (ताक्वा) को मुल आधार हृदयमा रहेको अल्लाहको पहिचान, उहाँप्रतिको भय र उहाँको निगरानीको भावना हो। यही ताक्वाबाट नै सत्कर्महरु उत्पन्न हुन्छन्।

बाह्य (देखिने) विकृति वा बिग्रिएको आचरण हृदयमा रहेको ताक्वा (परहेज) को कमजोरीको प्रमाण हो।

मुस्लिमलाई कुनै पनि रूपमा — बोलीद्वारा होस् वा व्यवहारद्वारा — दुःख दिने कामबाट रोकिन आदेश ।

यदि कुनै मुस्लिमले अर्को व्यक्ति जस्तै बन्ने इच्छा गर्छ, तर त्यसमा उसको वरदान खोसियोस् वा हराइयोस् भन्ने चाहना समावेश छैन भने, यो ईर्ष्याको दायरामा पर्दैन। अर्को व्यक्तिजस्तै बन्ने यो चाहनालाई “रश्क” अर्थात् प्रेरणादायी इच्छा भनिन्छ, जुन जायज (वैध) हो र यसले मानिसलाई सत्कर्म र भलाइका काममा एकअर्काभन्दा अगाडि बढ्ने प्रेरणा दिन्छ।

मानव स्वभावले स्वभावतः चाहँदैन कि कुनै राम्रो गुण वा सद्गुणमा ऊभन्दा अघि कोही अरु बढोस्। यदि उसले अरूको त्यो वरदान वा सद्गुण हराइदियोस् भन्ने इच्छा गर्छ भने, त्यो निन्दनीय ईर्ष्या (हसद) हो। तर यदि उसले केवल भलाइमा प्रतिस्पर्धा गर्न चाहन्छ भने, त्यो गिब्ता (सकारात्मक ईर्ष्या) हो, जुन जायज छ।

यदि कुनै मुस्लिमले आफ्नो भाइको खरिदबिक्रीमा हस्तक्षेप नगरी, खरिदकर्तालाई केवल यो जानकारी दिन्छ, उसलाई सामान किन्दा ठूलो ठगी गरिएको छ भने यो सन्दर्भ “अर्कोको बिक्रीमा बिक्री गर्नु” को श्रेणीमा पर्दैन। यो त सच्चा सल्लाह (नसिहत) को हिस्सा हो — तर सर्त यो हो कि उसको नीयत खरिदकर्तालाई सल्लाह दिने होस्, बेच्नेलाई नोक्सान पुर्‍याउने होइन। किनभने कामहरू नीयत अनुसार नै मूल्यांकन गरिन्छ।

यदि बेच्ने दुवै पक्ष सहमत छैनन् र मूल्य तय भएको छैन भने, कुनै मुस्लिमले आफ्नो भाइको बिक्रीमा हस्तक्षेप गर्नु “अर्कोको बिक्रीमा बिक्री गर्नु” मा पर्दैन।

हदीसमा निषेध गरिएको घृणामा अल्लाहको मार्गमा घृणा समावेश हुँदैन; यो आवश्यक छ र विश्वास (इमान) को सबभन्दा मजबुत सम्बन्धहरूमा पर्दछ।

श्रोतहरू

सही मुस्लिम (4/ 1986) (2564).

थप (8)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص79).

شرح الأربعين النووية.

لابن عثيمين (ص339).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

النووي وابن رجب (ص118).

الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.

لعبد الله المحسن (ص67).