Skip to content

"दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"

आइशा (रजियल्लाहु अन्हा) जो कि पैगम्बर (स.) कि पत्नी हुन्ले, उनले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"

«إِنَّ الرِّفْقَ لَا يَكُونُ فِي شَيْءٍ إِلَّا زَانَهُ، وَلَا يُنْزَعُ مِنْ شَيْءٍ إِلَّا شَانَهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बोली र कार्यमा करुणा, नम्रता र संयमताले चीजहरूको सुन्दरता, पूर्णता र सौन्दर्यलाई बढाउँछ र यी गुणहरू भएको व्यक्तिको आवश्यकताहरू पूरा हुने सम्भावना बढी हुन्छ । जबकि कठोरताले चीजहरूलाई दोषपूर्ण र कुरूप बनाउँछ र आवश्यकता पूरा गर्ने बाटोमा अवरोध खडा गर्छ । यस्तो व्यक्तिको आवश्यकता पूरा भए पनि ठूलो दुःख कष्ट पश्चात हुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

उदारता अपनाउन प्रोत्साहन ।

नम्रता र करुणा मानवको श्रृंगार हो र यो धर्म र संसारसँग सम्बन्धित सबै राम्रो कुराको कारण हो ।

श्रोतहरू

सही मुस्लिम (4/ 2004) (2594).

थप (4)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 683).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص414).