Skip to content

"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसलाई कुनै प्रतिफल दिइने छैन ।

«إِنَّ اللهَ لَا يَظْلِمُ مُؤْمِنًا حَسَنَةً، يُعْطَى بِهَا فِي الدُّنْيَا وَيُجْزَى بِهَا فِي الْآخِرَةِ، وَأَمَّا الْكَافِرُ فَيُطْعَمُ بِحَسَنَاتِ مَا عَمِلَ بِهَا لِلَّهِ فِي الدُّنْيَا، حَتَّى إِذَا أَفْضَى إِلَى الْآخِرَةِ، لَمْ تَكُنْ لَهُ حَسَنَةٌ يُجْزَى بِهَا».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरूप्रति अल्लाहको महान कृपा र दया तथा काफिरहरूप्रति उहाँको न्याय र इन्साफ बारे वर्णन गर्नुभएको छ । र जहाँसम्म आस्थावानको कुरा छ, उसले गरेको राम्रो कर्मको प्रतिफल कहिले पनि बर्बाद हुँदैन, बरु उसलाई यस संसारमा राम्रो बदला दिइनेछ र साथसाथै उसलाई प्रदान गर्ने लागि परलोकमा ठूलो पुरस्कार सुरक्षित राखिन्छ र कुनै कुनै अवस्थामा, सारा प्रतिफल परलोकमा प्रदान गर्ने लागि नै राखिदिइन्छ। र जहाँसम्म काफिरको कुरा छ, अल्लाहले उसलाई उसको असल कर्मको बदलामा यस लोकमा राम्रो चीजहरू दिनुहुन्छ र जब ऊ परलोकमा पुग्नेछ, तब उसको लागि कुनै प्रतिफल हुनेछैन । किनकि असल कर्मबाट लाभान्वित हुनका लागि मुअ्मिन (आस्थावान) हुनु शर्त छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

कुफ्र (इस्लाम धर्म नकार्ने अवस्था) को अवस्थामा मर्ने मानिसलाई (परलोकमा) कुनै पनि सत्कर्मले लाभ हूने छैन।

श्रोतहरू

सही मुस्लिम (4/ 2162) (2808).

थप (3)

المفهم لما أشكل من تلخيص كتاب مسلم (1/ 460).

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (43/ 460).

شرح النووي على مسلم (17/150).