Skip to content

"मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :

"मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"

«إنَّ المُؤْمِنَ ليُدرِكُ بِحُسْنِ خُلُقِهِ دَرَجَةَ الصَّائِمِ القَائِمِ».

अबू दाउद र अहमदले वर्णन गरेका छन्
शवाहिद (गवाहहरु) ले गर्दा सही हो
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, राम्रो व्यवहारले व्यक्तिलाई निरन्तर रोजा राख्ने र तहज्जुद पढ्ने व्यक्तिको स्थानमा पुर्‍याउँछ । राम्रा व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु र अरुले चोट पुर्याउँछ भने धैर्य गर्नु हो ।

शब्दको अर्थ

....:

हदीसका केही फाइदाहरू

इस्लामले मानवको दैनिक व्यवहारलाई श्रेष्ठ र पूर्ण बनाउनमा धेरै ध्यान दिएको छ ।

राम्रा व्यवहारको महत्व यति धेरै छ, यसबाट मानिसले निरन्तर व्रत बस्ने र थकित नभई तहज्जुद पढ्ने व्यक्तिको दर्जा प्राप्त गर्छ ।

दिनमा व्रत बस्नु र राति तहज्जुद पढ्नु दुवै महान् कर्म हुन्, जसका लागि आत्माले ठूलो कष्ट सहनुपर्ने हुन्छ । तर राम्रो व्यवहार भएको व्यक्ति यी दुई कार्य गर्ने व्यक्तिको बराबर हुन्छ, किनकि आफूलाई राम्रो व्यवहारमा लगाउनु संघर्षको काम हो।

श्रोतहरू

सुनन अबी दाउद (7/ 176) (4798).

मुस्नद अहमद (40/ 414) (24355).

थप (6)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 675).

تطرز رياض الصالحين.

لفيصل آل مبارك (ص411).

مشكاة المصابيح.

لمحمد العمري (3/ 1409).