Skip to content

"अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भन्नुहुन्छ कि अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने:

"अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"

«أَقْرَبُ مَا يَكُونُ الرَّبُّ مِنَ العَبْدِ فِي جَوْفِ اللَّيْلِ الآخِرِ، فَإِنْ اسْتَطَعْتَ أَنْ تَكُونَ مِمَّنْ يَذْكُرُ اللَّهَ فِي تِلْكَ السَّاعَةِ فَكُنْ».

अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाह रातको अन्तिम तेस्रो प्रहरमा आफ्नो भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको उपासना, दुआ, स्मरण र पश्चात्ताप गर्नेहरूमध्ये बन्न सक्छौ भने, त्यसका लागि प्रयास गर्नु।

हदीसका केही फाइदाहरू

मुस्लिमलाई रातको अन्तिम प्रहरमा अल्लाहको स्मरण र स्तुति (जिक्र) गर्न प्रोत्साहित गरिएको छ।

यसमा अल्लाहको स्मरण, दुआ र नमाजका लागि विभिन्न समयहरूको भिन्न उत्कृष्टता स्पष्ट गरिएको छ ।

मीरक (शाह अल-हनफी) ले भन्नुभएको छ: यस हदीसमा उल्लेख छ कि अल्लाह आफ्नो भक्तसँग रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ, जबकि अर्को हदीसमा आएको छ कि भक्त सजदा गर्दा आफ्नो रब (अल्लाह) को सबैभन्दा धेरै नजिक हुन्छ। यसको तात्पर्य यो हो कि यस हदीसमा समयलाई संकेत गरिएको छ, जुन रातको अन्तिम प्रहर हो; जबकि अर्को हदीसमा अवस्थालाई बताइएको छ, जुन सजदाको अवस्था हो।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 537) (3579).

सुनन अबी दाउद (2/ 454) (1277).

सुनन् निसाई (1/ 279) (572).

थप (8)

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 1019).

شرح رياض الصالحين.

لابن عثيمين (5/ 509).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (17/ 535).

مشكاة المصابيح.

للتبريزي (1/ 387).