Skip to content

"जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"

बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"

«مَنْ حَلَفَ بِالْأَمَانَةِ فَلَيْسَ مِنَّا».

अबू दाउद र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अमानत को नाममा शपथ खानुबाट रोक्नुभएको छ र यसको बारेमा चेतावनी दिनुभएको छ र जसले त्यसो गर्छ त्यो हामी (इस्लाम) मध्ये होइन।

हदीसका केही फाइदाहरू

अल्लाह तआलाह बाहेक अरू कसैको नाममा शपथ खानु हराम छ। यसमा अमानातको नाममा शपथ खानु पनि समावेश छ र यसलाई सानो शिर्क (शिर्के-असगर) मानिन्छ।

आज्ञाकारिता, उपासना, सम्पत्ति, नगद र सुरक्षा सबै अमानत भित्र समावेश छन्।

शपथ केवल अल्लाह, उहाँका नामहरूमा वा उहाँका गुणहरूमा नै मान्य हुन्छ।

खत्ताबीले भने: यसमा मनाहीको कारण यो हो कि अल्लाह र उहाँका गुणहरूको नाममा शपथ लिन आदेश गरिएको छ। जबकि अमानत अल्लाहका गुणहरूमध्ये होइन, बरु यो उहाँका आदेशहरूमध्ये एक आदेश हो। त्यसैले यसमा मनाही गरिएको छ, किनभने यसले अमानातलाई अल्लाहका नामहरू र गुणहरूसँग समान ठहर गर्ने सम्भावना छ।

श्रोतहरू

सुनन अबी दाउद (5/ 155) (3253).

मुस्नद अहमद (38/ 82) (22980).

थप (12)

نزهة المتقين.

لمجموعة من الباحثين (2/ 1166).

بهجة الناظرين.

لسليم الهلالي (3/ 201).

مشكاة المصابيح.

للتبريزي (2/ 1020).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 452).

معالم السنن.

للخطابي (4/ 46).

سبل السلام.

الصنعاني (2/ 550 ).