Skip to content

"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"

«لَيْسَ الشَّدِيدُ بِالصُّرَعَةِ، إِنَّمَا الشَّدِيدُ الَّذِي يَمْلِكُ نَفْسَهُ عِنْدَ الْغَضَبِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविक बल शारीरिक बल होइन, न त कुस्तीमा प्रतिद्वन्द्व हराउने व्यक्ति वास्तवमा बहादुर हो । वास्तविक बहादुर त्यो हो जसले क्रोधको समयमा आफूसँग लड्छ र विजयी हुन्छ । किनभने यो आफैलाई नियन्त्रणमा राख्ने र शैतानलाई पराजित गर्ने प्रमाण हो ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

क्रोधको समयमा संयम हुनु र आफूलाई नियन्त्रण गर्नु भनेको इस्लामले प्रेरित गरेको पुण्य का कर्महरू मध्ये एक हो ।

रिसाएको बेला आफुसँग लड्नु शत्रुसँग लड्नु भन्दा गाह्रो हुन्छ ।

इस्लामले इस्लाम पूर्व शक्तिको अवधारणालाई उच्च नैतिकतामा परिवर्तन गरेको छ । इस्लामको नजरमा, सबैभन्दा शक्तिशाली व्यक्ति त्यो हो जसले आफैमाथि नियन्त्रण राख्छ ।

क्रोधबाट टाढा रहनुपर्छ, किनकि यो व्यक्ति र समाज दुवैका लागि हानिकारक हो ।

श्रोतहरू

सही बुखारी (8/ 28) (6114).

सही मुस्लिम (4/ 2014) (2609).

(538).

थप (7)

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 198).

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 394).

نزهة المتقين شرح رياض الصالحين.

بهجة الناظرين شرح رياض الصالحين.

للهلالي (1/ 698).