"शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।
अम्र बिन सुलैम अन्सारीले बयान गरेका छन्, उनले भने: म गवाही दिन्छु कि अबू सईदले भन्नुभयो, र उनले गवाही दिए कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।
«الغُسْلُ يَوْمَ الجُمُعَةِ وَاجِبٌ عَلَى كُلِّ مُحْتَلِمٍ، وَأَنْ يَسْتَنَّ، وَأَنْ يَمَسَّ طِيبًا إِنْ وَجَدَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसका लागि जुमाको नमाज अनिवार्य छ, त्यस्तो प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन नुहाउनु पर्छ। त्यसैगरी दतिउन (वा ब्रश) आदि प्रयोग गरेर दाँत सफा गर्नुपर्छ र यदि उपलब्ध छ भने अत्तर (सुगन्ध) लगाउनु पर्छ।
...:
प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन स्नान गर्नुपर्छ ।
स्वच्छता र दुर्गन्ध हटाउने कुरा मुस्लिमका लागि शरिअतअनुसार आवश्यक छ।
शुक्रबार (जुमाको दिन) को सम्मान गर्नु र त्यसको लागि तयारी गर्नु पर्छ।
यसमा जुमाको नमाजको लागि दाँत माझ्न कार्य प्रति निश्चित रुपमा सिफारिस गरिएको छ ।
जुमाको नमाजका लागि जानुअघि अत्तर लगाउनु पुण्यदायी (मुस्तहब) हो।
यदि कुनै महिला नमाज वा अन्य कुनै कामको लागि घरबाट बाहिर निस्कन्छिन् भने, उनलाई अत्तर (सुगन्ध) लगाउन अनुमति छैन । किनभने यो निषेधित हो भन्ने कुरा सुन्नतबाट प्रमाणित छ ।
यस हदीसमा “अल-मुहतलिम” शब्दले वयस्क व्यक्तिलाई जनाउँछ। यौवन (बलोगत) का केही निश्चित लक्षणहरू छन्, जसमा तीन लक्षण पुरुष र महिला दुवैमा समान रूपमा पाइन्छन्। पहिलो : १५ वर्षको उमेर पुग्नु, दोस्रो : गुप्ताङ्ग वरिपरि खस्रो रौँ आउनु, तेस्रो : वीर्य स्खलन हुनु, चाहे त्यो स्वप्नदोषमार्फत होस् वा यौन इच्छाका कारण, सपना बिना नै। जबकि , चौथो लक्षण महिलाका लागि विशेष हो, र त्यो हो महिनावारी सुरु हुनु। त्यसैले, जब महिलामा महिनावारी सुरु हुन्छ, उनी वयस्क (बलिग) ठहर्छिन्।
सही बुखारी (2/ 3) (880).
सही मुस्लिम (2/ 580) (846).
(6/ 134).
थप (11)
مختار الصحاح.
لزين الدين الرازي (ص155).
شرح صحيح البخاري.
لابن بطال (2/ 468).
شرح النووي على مسلم.
توضيح الأحكام شرح بلوغ المرام.
للبسام (1/ 382).
فتح ذي الجلال والإكرام شرح بلوغ المرام.
لابن عثيمين (1/ 330).
منار القاري شرح مختصر صحيح البخاري.
لحمزة قاسم (2/ 234).
Cited in books
4 Books- मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू“जुमाको दिन गुस्ल गर्नु प्रत्येक बालिग (वयस्क) व्यक्तिमाथि अनिवार्य हो, उसले मिस्वाक प्रयोग गरोस् (दाँत सफा गरोस्) र यदि अत्तर पाइयो भने त्यसको प्रयोग गरोस्।”
- मस्जिद नबवीको विशेषता र शिष्टाचार तथा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र र उहाँका दुई सहाबा (रजियल्लाहु अन्हुमा) हरूको कब्रको जियारत गर्ने नियमहरूفضائل وآداب المسجد النبوي، وأحكام زيارة قبر النبي عليه الصلاة والسلام وقبري صاحبيه"प्रत्येक वयस्कले शुक्रबारको दिन स्नान गर्नु अनिवार्य हो, साथै दाँत माझ्नु र सम्भव भएमा अत्तर लगाउनु मुस्तहब हो।" [७]