Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

95 of 683 cards

Clear filters

Narrator

Show all narrators (51)
"हे अल्लाह! म तपाईंसँग सबै प्रकारका राम्रा कुराहरू माग्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन। म तपाईंमा सबै प्रकारका खराब कुराहरूबाट शरण चाहन्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन। हे अल्लाह, म तपाईंसँग त्यो भलाइ माग्छु जुन तपाईंको दास र तपाईंको पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले तपाईंसँग मागेका थिए र म तपाईंको शरण चाहन्छु त्यो खराबीबाट जुनबाट तपाईंको दास र तपाईंको पैगम्बरले शरण मागेका थिए। हे अल्लाह! म तपाईंसँग स्वर्ग र त्यसको नजिक पुर्‍याउने कार्य र शब्दहरूको लागि प्रार्थना गर्दछु र म तपाईंसँग नर्क र त्यसको नजिक पुर्‍याउने कार्य र शब्दहरूबाट शरण चाहन्छु। म तपाईंसँग तपाईंले मेरो लागि जे फैसला गर्नुभएको छ त्यो राम्रो बनाउनुहोस् भनी प्रार्थना गर्दछु।
सही इब्ने माजह र अहमदले वर्णन गरेका छन्
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
हसन अहमदले वर्णन गरेका छन्
"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।"
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"
हसन अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
"उहाँ न निर्लज्ज थिए न निर्लज्जता नै गर्नुहुन्थ्यो, र न उहाँ बजारहरूमा चिच्याउनुहुन्थ्यो न हल्ला गर्नुहुन्थ्यो; र उहाँ खराबीको बदला खराबीले दिनुहुन्नथ्यो, बरु क्षमा गरी माफ गरिदिनुहुन्थ्यो।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।"
हसन अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्