Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"
सही इब्ने माजहले वर्णन गरेका छन्
"तिमीहरूमध्ये जो कोही शारीरिक रूपमा स्वस्थ छ, आफ्नो घर-परिवारमा सुरक्षित छ र उससँग त्यस दिनको भोजन उपलब्ध छ भने, मानौँ उसका लागि सम्पूर्ण संसार नै सुख-सुविधासहित एकत्रित गरिएको छ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"निश्चय नै, चिहान परलोक (आखिरत) का चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कठोर हुनेछन्।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा र अन्यले पनि हसन सनदहरूका साथ वर्णन गरेका छन्