Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
"सुनको बदलामा सुन, चाँदीको बदलामा चाँदी, गहुँको बदलामा गहुँ, जौको बदलामा जौ, खजुरको बदलामा खजुर र नुनको बदलामा नुन — समान परिमाणमा, बराबर र हातहातै लेनदेन हुनुपर्छ। तर जब यी वस्तुहरूका प्रकारहरू फरक हुन्छन्, तब तिमीहरूले आफ्नो इच्छाअनुसार बेच्न सक्छौ, तर शर्त यो छ कि लेनदेन हातहातै (तुरुन्तै) हुनुपर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"
सही मुत्तफकुन अलैहि
"जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"
सही मुत्तफकुन अलैहि
“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले कुनै मुस्लिम व्यक्तिको सम्पत्ति हडप्ने नियतले झूटो कसम खान्छ, ऊ अल्लाहसामु यस अवस्थामा उपस्थित हुनेछ कि अल्लाह ऊमाथि अत्यन्तै क्रोधित हुनुहुनेछ।" वर्णनकर्ताले भन्नुहुन्छ, सहाबी अश्अस (रजिअल्लाहु अन्हु) ले भन्नुभयो: "अल्लाहको कसम! यो हदीस मेरै विषयमा उल्लेख भएको थियो। मेरो र एक जना यहूदी व्यक्तिको बीचमा एउटा जग्गा साझा थियो। पछि उसले मेरो हिस्सा दिन अस्वीकार गर्‍यो। त्यसपछि मैले यो विवाद नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष प्रस्तुत गरेँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई सोध्नुभयो: 'के तिमीसँग आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण छ?' मैले उत्तर दिएँ: 'छैन।' त्यसपछि उहाँले त्यस यहूदीलाई भन्नुभयो: 'कसम खाऊ।' मैले निवेदन गरेँ: 'हे अल्लाहका रसूल! त्यसो भए त उसले कसम खाएर मेरो सम्पत्ति हडपेर लैजानेछ।' त्यसै सन्दर्भमा अल्लाहले यो आयत अवतरित गर्नुभयो: {निःसन्देह, जसले अल्लाहसँग गरेको वाचा र आफ्ना कसमहरूलाई तुच्छ मूल्यमा बेच्दछन्...}— आयतको अन्त्यसम्म।"
सही मुत्तफकुन अलैहि
"जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।"
सही मुत्तफकुन अलैहि
"यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।"
सही मुत्तफकुन अलैहि