Skip to content

एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भन्नुभयो :

एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।

أَنَّ رَجُلًا تَوَضَّأَ فَتَرَكَ مَوْضِعَ ظُفُرٍ عَلَى قَدَمِهِ فَأَبْصَرَهُ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالَ: «ارْجِعْ فَأَحْسِنْ وُضُوءَكَ» فَرَجَعَ، ثُمَّ صَلَّى.

मुस्लिमले वर्णन गरेका छन्
शवाहिद (गवाहहरु) ले गर्दा सही हो
व्याख्या

उमर (रजियल्लाहु अन्हु) ले बताउनु भएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिलाई वुजू गरेको अवस्थामा देख्नुभयो, तर उसको खुट्टामा नङ बराबरको ठाउँ सुक्खा थियो, जहाँ पानी पुगेको थिएन। उहाँले पानी नपुगेको ठाउँलाई औंल्याएर भन्नुभयो: फर्केर जाऊ र वुजूका प्रत्येक अंगहरूमा पानी हालेर राम्रोसँग वुजू गरेर आऊ । यो सुनेर त्यो व्यक्तिल फर्किएर गयो र राम्रोसँग वजू गरेपछि नमाज पढ्यो।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सत्कर्मको आदेश दिनु र अज्ञानी वा असावधान व्यक्तिलाई मार्गदर्शन गर्नु अनिवार्य हुन्छ। विशेषगरी, जब कुनै गलत कार्यले कसैको उपासनालाई भ्रष्ट पार्न सक्छ, तब उसलाई तत्काल सावधान गराउनु जरुरी हुन्छ।

वुजूका अङ्गहरूमा पानी पुर्याउनु अनिवार्य छ। यदि कुनै भाग थोरै मात्रामा पनि छुट्छ भने वुजू मान्य हुँदैन, र यदि (फेरि वुजू गर्ने) समयको अन्तर लामो भएमा वुजूलाई दोहोर्याउनु पर्छ।

राम्रोसँग वुजू गर्नु आवश्यक छ । धर्मशास्त्रमा उल्लेखित तरिका अनुसार ठीक तरिकाले वुजू गर्नु पर्छ ।

दुवै खुट्टाहरू वुजूका अंगहरूमध्ये हुन्, यसलाई (सामान्य अवस्थामा) पानीले पुछ्नु पर्याप्त हुँदैन, बरु धुनु अनिवार्य छ ।

वुजूका अंगहरू क्रमशः धुनुपर्छ र अघिल्लो अंग नसुक्दै अर्को अंग धोइसक्नुपर्छ।

यदि कुनै अनिवार्य कार्य अज्ञानतावश वा बिर्सने कारणले छुट्यो भने त्यसको पाप क्षमा हुन्छ; तर त्यो अनिवार्य कार्य पुनः गर्नैपर्छ। किनभने त्यो व्यक्तिको उदाहरणमा, जसले अज्ञानताका कारण ठीकसँग वुजू गरेको थिएन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई त्यही अवस्थामा छोड्नुभएन, बरु पुनः वुजू गर्न र त्यसपछि नमाज पढ्न आदेश दिनुभयो।

श्रोतहरू

सही मुस्लिम (1/ 215) (243).

थप (4)

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (1/ 247).

شرح سنن أبي داود.

لعبد المحسن العباد (29/ 13 بترقيم الشاملة آليا).