“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"
अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"
«لَا يَحِلُّ لِرَجُلٍ أَنْ يَهْجُرَ أَخَاهُ فَوْقَ ثَلَاثِ لَيَالٍ، يَلْتَقِيَانِ، فَيُعْرِضُ هَذَا وَيُعْرِضُ هَذَا، وَخَيْرُهُمَا الَّذِي يَبْدَأُ بِالسَّلَامِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्नुभएको छ । यी दुई मध्ये राम्रो मान्छे त्यो हो जसले मौनतालाई तोड्छ र अगाडि आएर सलाम गर्छ । यहाँ व्यक्तिगत स्वार्थका लागि कुराकानी बन्द गरिएको हो भन्ने बुझ्नुपर्छ । तर यदि कसैले अल्लाहको खातिर सम्बन्ध तोडेको छ, जस्तै अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू, अधर्मी र खराब साथीहरूदेखि कुराकानी बन्द गर्ने भनेको यो कुनै समय सीमाले बाँधिएको छैन । यो कारण र परिवेशमा निर्भर छ, कारण समाप्त हुने बित्तिकै सम्बन्ध स्वतः सुचारु हुन्छ ।
...:
मानवीय स्वभावलाई ध्यानमा राखेर तीन दिन वा सोभन्दा कम कुराकानी बन्द गर्ने अनुमति छ ।
सलामको महत्व, यो मनको घृणा मेटाउने माध्यम र प्रेमको प्रतीक हो ।
इस्लाम मुस्लिमहरू बीच भाइचारा र प्रेमको वातावरण स्थापना गर्न चाहन्छ ।
सही बुखारी (8/ 21) (6077).
सही मुस्लिम (4/ 1984) (2560).
थप (6)
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 111).
فتح ذي الجلال والإكرام بشرح بلوغ المرام.
لابن عثيمين (6/ 293).
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 339).
Cited in books
2 Booksथप (2)
- المناهج التعليمية - الصف السادسالمناهج الدراسية - الحديث - الصف السادس - الفصل الأول «لَا يَحِلُّ لِمُسْلِمٍ أَنْ يَهْجُرَ أَخَاهُ فَوْقَ ثَلَاثِ لَيَالٍ، يَلْتَقِيَانِ فَيُعْرِضُ هَذَا وَيُعْرِضُ هَذَا، وَخَيْرُهُمَا الَّذِي يَبْدَأُ بِالسَّلَامِ»
- المناهج التعليمية - الصف السادسالمناهج الدراسية - الحديث - الصف السادس - الفصل الأول «وخَيْرُهُما الذي يَبْدَأ بِالسَّلَامِ».