Skip to content

“(नमाजमा) पुरुषहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति अन्तिम पङ्क्ति हो। त्यस्तै गरी, महिलाहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति पहिलो पङ्क्ति हो।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

“(नमाजमा) पुरुषहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति अन्तिम पङ्क्ति हो। त्यस्तै गरी, महिलाहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति पहिलो पङ्क्ति हो।”

«خَيْرُ صُفُوفِ الرِّجَالِ أَوَّلُهَا، وَشَرُّهَا آخِرُهَا، وَخَيْرُ صُفُوفِ النِّسَاءِ آخِرُهَا، وَشَرُّهَا أَوَّلُهَا».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: नमाजमा सवाब (पुण्य) र सद्गुणको हिसाबले पुरुषहरूको लागि सबैभन्दा राम्रो पङ्क्ति पहिलो हो; किनभने उनीहरू इमामदेखि नजिक हुन्छन्, राम्रोसँग तिलावत (पाठ) सुन्न पाउँछन् र महिलाहरूको पङ्क्ति देखि टाढा हुन्छन्। त्यसैगरी पुरुषहरूको लागि सबैभन्दा नराम्रो, पुण्य (सवाब) र सद्गुणको हिसाबले सबैभन्दा न्यून, तथा शरीअतको उद्देश्यबाट सर्वाधिक टाढा रहेको पङ्क्ति अन्तिम पङ्क्ति हो। र महिलाहरूका निम्ति (नमाजको) सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो; किनकि यसमा पर्दाको मर्यादा कायम रहन्छ, पर-पुरुषहरूसँगको घुलमिलबाट बचिन्छ, र उनीहरूको दृष्टि तथा फित्ना (प्रलोभन) बाट सुरक्षित रहिन्छ। यसको विपरीत, महिलाहरूका लागि सबैभन्दा खराब (अनुपयुक्त) पङ्क्ति पहिलो हो; किनभने त्यहाँ पुरुषहरूसँग घुलमिल र प्रलोभनमा पर्ने सम्भावना जोखिम बढी हुन्छ।

हदीसका केही फाइदाहरू

यसमा मानिसहरूलाई आज्ञापालनमा हतार गर्न र नमाजमा पहिलो पङ्क्तिमा सामेल हुन प्रोत्साहित गरिएको छ।

महिलाहरूलाई मस्जिदमा पुरुषहरूसँग छुट्टै पङ्क्तिमा नमाज पढ्न अनुमति छ, तर पर्दा (हिजाब) र मर्यादाका साथ।

यदि महिलाहरू मस्जिदमा भेला हुन्छन् भने, उनीहरूले पुरुषहरूको पङ्क्ति जस्तै पङ्क्ति बनाउनुपर्छ। उनीहरू अलग-अलग उभिनु हुँदैन, बरु पुरुषहरूको पङ्क्ति जस्तै बीचमा खाली ठाउँ नराखी पङ्क्तिबद्ध हुनुपर्छ।

यसमा शरीअतले महिला र पुरुषबीचको दूरी कायम राख्न कति गम्भीर सावधानी र चासो राखेको छ भन्ने कुरा व्याख्या गरिएको छ, जुन नियम उपासनाका पवित्र स्थलहरूमा समेत लागू हुन्छ।

मानिसहरू आ–आफ्ना कर्मानुसार विभिन्न स्तरमा हुन्छन्।

इमाम नववीले स्पष्ट पार्नुभएको छ कि पुरुषहरूका हकमा सधैं पहिलो पङ्क्ति सर्वोत्तम र अन्तिम पङ्क्ति सबैभन्दा नराम्रो हुन्छ। हदीसमा महिलाहरूको पङ्क्तिका सन्दर्भमा (पछिल्लो पङ्क्ति उत्तम हुने) जुन कुरा उल्लेख गरिएको छ, त्यो तब मात्र लागू हुन्छ जब महिलाहरू पुरुषहरूसँगै (एउटै स्थानमा) नमाज पढ्छन्। तर, यदि उनीहरू पुरुषहरूबाट पूर्ण रूपमा अलग रही छुट्टै स्थानमा नमाज पढ्छन् भने, उनीहरूको लागि नियम पनि पुरुषसरह नै हुन्छ; अर्थात् यस्तो अवस्थामा उनीहरूका लागि पनि पहिलो पङ्क्ति नै सर्वोत्तम र अन्तिम पङ्क्ति सबैभन्दा नराम्रो हुनेछ।

इमाम नववीले भन्नु भएको छ कि हदीसमा प्रशंसा र प्रोत्साहन गरिएको 'प्रथम सफ' (पहिलो पङ्क्ति) भनेको इमामको लगत्तै पछाडिको पङ्क्ति नै हो; चाहे नमाजीले चाँडै आएर स्थान ग्रहण गरेको होस् वा ढिलो आएर खाली स्थानमा उभिएको होस्।

श्रोतहरू

सही मुस्लिम (1/ 326) (440).

थप (8)

سبل السلام شرح بلوغ المرام.

للصنعاني (1/ 374 ).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (2/ 495).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (2/ 272).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

للتبريزي (3/ 851).