"हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ ,
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
«يَنْزِلُ رَبُّنَا تَبَارَكَ وَتَعَالَى كُلَّ لَيْلَةٍ إِلَى السَّمَاءِ الدُّنْيَا حِينَ يَبْقَى ثُلُثُ اللَّيْلِ الْآخِرُ، يَقُولُ: «مَنْ يَدْعُونِي فَأَسْتَجِيبَ لَهُ؟ مَنْ يَسْأَلُنِي فَأُعْطِيَهُ؟ مَنْ يَسْتَغْفِرُنِي فَأَغْفِرَ لَهُ؟».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा झर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।
रातको अन्तिम तिहाई भाग र यसमा दुआ (प्रार्थना) गर्ने, बिन्ती गर्ने र माफी माग्नुको सद्गुण ।
यो हदीस सुने पछि, मानवले दुआ (प्रार्थना) स्वीकृत हुने समयको पूरा फाइदा लिन सक्दो प्रयास गर्नुपर्छ ।
सही मुस्लिम (1/ 521) (758).
थप (3)
صحيح البخاري صحيح البخاري (2/ 53) (1145).
الإفصاح عن معاني الصحاح.
ليحيى بن هبيرة (6/ 195).
Cited in books
3 Booksथप (3)
- عقيدة أهل السنة والجماعة«من يدعوني فأستجيب له؟ من يسألني فأعطيه؟ من يستغفرني فأغفر له؟».
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «ينزل ربُّنا تبارك وتعالى كلَّ ليلةٍ إلى السماءِ الدنيا حين يبقى ثلثُ الليلِ الآخِرُ، يقول: من يدْعُوني فأستجيبَ له؟ من يسألُني فأعطيَه؟ من يستغفرُني فأغفرَ له»
- موسوعة الإيمان«يَنْزِلُ رَبُّنَا تبارك وتعالى كُلَّ لَيْلَةٍ إِلَى السَّمَاءِ الدُّنْيَا حِينَ يَبْقَى ثُلُثُ اللَّيْلِ الآخِرُ، يَقُولُ: مَنْ يَدْعُونِي فَأَسْتَجِيبَ لَهُ مَنْ يَسْأَلُنِي فَأُعْطِيَهُ، مَنْ يَسْتَغْفِرُنِي فَأَغْفِرَ لَهُ»