Skip to content

"जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।"

अबू कतादह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी आफ्नो ऋणीलाई खोजिरहेका थिए। वास्तवमा, ऊ लुकेको थियो र एक भेटियो।ऋणीले भने: म आर्थिक कठिनाइमा छु। त्यसैले अबू कतादाहले सोधे, "के तपाईं अल्लाहको कसम खान सक्नुहुन्छ ?" उनले जवाफ दिए, "म अल्लाहको कसम खान्छु, मलाई खाँचो छ।" त्यसपछि उनले भने : मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्लादै गरेको सुनेको छु:

"जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।"

«مَنْ سَرَّهُ أَنْ يُنْجِيَهُ اللهُ مِنْ كُرَبِ يَوْمِ الْقِيَامَةِ فَلْيُنَفِّسْ عَنْ مُعْسِرٍ أَوْ يَضَعْ عَنْهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अबू कतादह अन्सारी (रजियल्लाहु अन्हु) आफ्नो एक ऋणीलाई खोज्दै हुनुहुन्थ्यो, जो उहाँबाट लुकेर बसेको थियो। उहाँले उसलाई फेला पार्नुभयो। ऋणीले भन्यो: "म असमर्थ छु र मसँग तिमीलाई तिर्ने धन छैन। त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु) ले उसँग पैसा छैन भनेर अल्लाहको कसम खुवाउनुभयो। उसले अल्लाहको कसम खायो कि ऊ आफ्नो भनाइमा साँचो छ। त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु) ले भने : उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने, उहाँले भन्नुभयो: जो कोही खुशी र सन्तुष्ट छ, अल्लाहले उसलाई न्यायको दिनको चिन्ता, कठिनाइ र भयावहताबाट बचाउनुहुनेछ, उसले दरिद्रहरूसँग उदार हुनुपर्छ। अर्थात्, उसले ऋण तिर्न अझै समय दिनुपर्छ वा ऋणको आंशिक वा सम्पूर्ण भाग माफ गर्नुपर्छ।

हदीसका केही फाइदाहरू

असमर्थ (ऋणी) लाई भुक्तानीको लागि समय दिनुपर्छ वा ऋणको आंशिक वा सम्पूर्ण भाग माफ गर्नुपर्छ।

जसले कुनै मोमिनलाई यस संसारको संकटबाट मुक्त गर्दछ, अल्लाहले उसलाई प्रलयको दिनको कष्टहरुबाट मुक्त गर्नुहुनेछ। किनभने कर्म अनुसार पुरस्कृत गरिन्छ।

नियम: अनिवार्य कार्यहरू स्वैच्छिक कार्यहरू भन्दा राम्रो हुन्छन्। तर कहिलेकाहीं स्वैच्छिक कार्यहरू अनिवार्य कार्यहरू भन्दा राम्रो हुन्छन्। उदाहरणका लागि, कसैको ऋण माफ गर्नु स्वैच्छिक हो तर यसको लागि धैर्य गर्नु, पर्खनु र ऋण मागहरू नगर्नु अनिवार्य छ। तर यहाँ, स्वैच्छिक कार्यहरू अनिवार्य कार्यहरू भन्दा राम्रो छन्।

यो हदीस असमर्थ (ऋणी) को हकमा हो, त्यो व्यक्तिले माफी पाएको छ। तर जो ऋणी पैसा भएपनि ढिलाइ गर्छ, त्यस्ता व्यक्तिको बारेमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "धनी व्यक्तिद्वारा कर्जा फिर्ता गर्नुमा ढिलो गर्नु अन्याय हो।"

श्रोतहरू

सही मुस्लिम (3/ 1196) (1563).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 457).

الكاشف عن حقائق السنن(شرح المشكاة).

للطيبي (7/ 2172).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (16/ 392).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

للقاري (5/ 1954).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 945).