Skip to content

"कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।"

अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

"कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।"

«لَا تَحْقِرَنَّ مِنَ الْمَعْرُوفِ شَيْئًا، وَلَوْ أَنْ تَلْقَى أَخَاكَ بِوَجْهٍ طَلْقٍ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुण्य कर्म गर्न र थोरै वा सानो भए पनि राम्रो कामलाई तुच्छ ठान्नु हुँदैन भनेर प्रोत्साहन दिनुभयो, जस्तैः भेट्दा मुस्कुराउनु । तसर्थ, प्रत्येक मुस्लिमले यसमा ध्यान दिनुपर्छ, किनभने यसले प्रेमको भावना र खुशी सृजना गर्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

मुस्लिमहरूको बीच आपसी प्रेम र भेट हुँदा मुस्कुराउने महत्व ।

इस्लामी शरीयत एक पूर्ण र व्यापक शरीयत हो । जसमा मुस्लिमहरूको कल्याण, एकता र सद्भाव कायम राख्ने सबै चीजहरू समावेश छन् ।

थोरै भए पनि राम्रो काम गर्न प्रोत्साहन ।

मुस्लिमहरूको हृदयमा खुशी छर्नु मुस्तहब (प्रोस्ताहित कार्य) हो, किनभने यसले आपसी प्रेम सिर्जना गर्छ ।

श्रोतहरू

सही मुस्लिम (4/ 2026) (2626).

(1/ 572).

थप (7)

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 119).

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 341).

نزهة المتقين شرح رياض الصالحين.

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 20).