मलाई केवल उत्कृष्ट चरित्र र नैतिकतालाई पूर्णता दिन पठाइएको छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"मलाई त केवल महान् नैतिक गुणहरूको परिपूर्णता स्थापित गर्नका लागि पठाइएको छ।"
«إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि अल्लाहले उहाँलाई यस कारण पठाउनुभएको हो ताकि उहाँद्वारा उत्तम नैतिकता र सराहनीय शिष्टाचार परिपूर्ण होस्; किनकि उहाँ अघिल्ला सन्देशवाहकहरूका समापक हुनुहुन्थ्यो र अरबहरूको असल आचरणलाई पूर्णता दिन पठाइनुभएको थियो। अरबहरूले भलाइलाई मन पराउँथे र खराब कुरालाई घृणा गर्थे। मर्यादा, उदारता तथा साहसका गुणहरू उनीहरूमा विद्यमान थिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनीहरूको आचरणमा रहेका त्रुटिहरू सुधार्न पठाइनुभएको थियो—जस्तै वंशमाथि घमण्ड गर्ने, अहङ्कार राख्ने र गरिबहरूलाई तुच्छ ठान्ने लगायतका कुराहरू।
उत्तम नैतिकता अपनाउन प्रोत्साहन दिइएको छ र त्यस विपरीत कुराहरूलाई निषेध गरिएको छ।
इस्लामी शरीअतमा राम्रो चरित्र एवं व्यवहारको अत्यन्तै उच्च महत्त्व छ र यो कुरा शरीअतका मुख्य प्राथमिकताहरूमध्ये एक हो।
अज्ञानताको युगका मानिसहरूमा पनि उदारता र वीरता जस्ता केही राम्रा आचरणहरू बाँकी थिए; र इस्लाम तिनैलाई पूर्णता दिन आएको थियो।
मुस्नद अहमद (14/ 512) (8952).
सुननुल् कुब्रा बैहकीको (10/ 191) (20819).
थप (2)
अल-अदबुल् मुफ्रद (ص104) (273).
عمدة القاري شرح صحيح البخاري (22/ 118).
Cited in books
7 Booksथप (7)
- الحقيقة المُبْهِرَة في العلاقة بين الإسلام والإنسان(إنما بُعثت لأتمِّم مكارم الأخلاق) [14].
- الحقيقة المُبْهِرَة في العلاقة بين الإسلام والإنسان(إنما بعثت لأتمم مكارم الأخلاق).[126]
- كتاب تعليم المسلم الجديد«إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ»
- كتاب تعليم المسلم الجديد«إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ»
- لماذا الإسلام؟1(إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مكارم الْأَخْلَاقِ)،
- مجموعة زاد الحديث (1)الحديث 1«إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ»
- مكارم الأخلاقمكارم الأخلاق «إِنَّمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الأَخْلَاقِ» [3]؛