"(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"
अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"
«سَتَكُونُ أَثَرَةٌ وَأُمُورٌ تُنْكِرُونَهَا» قَالُوا: يَا رَسُولَ اللَّهِ فَمَا تَأْمُرُنَا؟ قَالَ: «تُؤَدُّونَ الحَقَّ الَّذِي عَلَيْكُمْ، وَتَسْأَلُونَ اللَّهَ الَّذِي لَكُمْ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि आगामी दिनहरूमा मुस्लिमहरूको शासकहरू स्वार्थपरायण हुनेछन्। उनीहरूले मुस्लिमहरूको सम्पत्ति आफ्नो इच्छा अनुसार खर्च गर्नेछन् र मुस्लिमहरूलाई तिनका अधिकारहरूबाट वञ्चित गर्नेछन्। त्यसैगरी, उनीहरूले धर्मको नाममा यस्ता कार्यहरू गर्नेछन्, जसलाई तिमीहरूले अस्वीकार गर्नेछौ। तब उहाँका साथीहरूले सोधे: त्यस्तो अवस्थामा उनीहरूले के गर्नुपर्छ? तब रसुल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनुभयो कि ती शासकहरुले तिमीहरूको सम्पत्तिमा अधिकार जमाउने कारणले तिमीहरूलाई उनीहरुप्रति गर्नुपर्ने आज्ञाकारिता र पालन जस्तो कर्तव्य पुरा गर्नबाट नरोकोस्। बरु धैर्य राख्नु, सुन्ने र मान्ने कर्तव्य पूरा गर्नु, र उनीहरूसँग अधिकारका लागि विवाद नगर्नु। अल्लाहसँग आफ्नो हक माग्नु, र दुआ गर्नु कि अल्लाहले उनीहरूमा सुधार ल्याइदिउन् र उनीहरूको दुष्टता र अन्याय हटाइदिऊन।
الأَثَرَة: الاستئثار عليهم بأمور الدنيا والانفراد بها، عمن له فيه حق.
यो हदीस मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो रसूल हुन् भन्ने कुराको एक महत्वपूर्ण प्रमाण हो, किनकि उहाँले आफ्नो उम्मतमा पछि के हुनेछ भनेर बताउनुभयो र पछि ठीक त्यस्तै भयो ।
पीडित व्यक्तिलाई उसमाथि आउन सक्ने अपेक्षित विपत्तिको बारेमा जानकारी दिन अनुमति छ, ताकि ऊ त्यसको लागि तयार रहोस् र विपत्ति आएपछि पुण्यको नियतले धैर्य गरोस् ।
अल्लाहको पुस्तक र पैगम्बरको सुन्नतलाई दृढतापूर्वक पालनामा कायम रहनु नै समस्या, मतभेद र विभाजनबाट मुक्तिको बाटो हो ।
यस हदीसमा शासकहरूबाट केही दमन भइरहेको भए पनि उनीहरूविरुद्ध विद्रोह नगर्न र उनीहरूको आदेशलाई सुन्न र पालन गर्न प्रोत्साहन दिइएको छ ।
विपत्ति वा संकटको समयमा सुन्नतको पालना गर्नु र विवेकपूर्ण निर्णय लिनु अत्यावश्यक हुन्छ।
व्यक्तिले आफूमाथि भएको अन्याय र दमनको बाबजुद आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्छ।
यो हदीसले एउटा महत्त्वपूर्ण सिद्धान्तलाई प्रमाणित गर्छ, जुन यस प्रकार छ: (कुनै विषयवस्तुमा उत्तम विकल्प उपलब्ध नहुदाँ) दुई खराबीहरूमध्ये हल्का खराबी भएको वा दुई हानिकारक चीजहरूमध्ये कम हानिकारक विकल्पलाई रोजिनेछ।
सही बुखारी (4/ 199) (3603).
सही मुस्लिम (3/ 1472) (1843).
थप (10)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 720).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص52).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (9/ 402).
شرح رياض الصالحين.
لابن عثيمين (1/ 280).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 554).